‘समाचार र विचारको
साझा चौतारी’




सिन्जो अबे र केपी ओली


– सम्पादकीय

जापान एउटा पुँजीवादी मुलुक हो । र, सिन्जो अबे त्यो देशका प्रधानमन्त्री । उनले स्वास्थ्य अवस्थाका कारण कोरोना महामारीमा देश जनताप्रतिको आफ्नो कर्तव्य पुरा गर्न नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजिनामा दिए । र, जनतासँग माफी पनि मागे । उने भने, “भलै मेरो कार्यकालको एक वर्ष अझैं बाँकी रहेपनि मैले मेरो स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको छु । मैले आफ्नो कर्तव्य पुरा गर्न नसकेकोमा माफी चाहन्छु ।“ गएको शुक्रबार टोकियोमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अबेले यस्तो भनेका थिए ।
सन् २०१२ देखि लगातार प्रधानमन्त्री रहेका अबेले जापानको इतिहासमै सबभन्दा बढी समय लगातार सरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसअघि पनि सरकारको नेतृत्व गरेका अबेले स्वास्थ्यकै कारण सन् २००७ मा एक वर्षमै पद छाडेका थिए । जापानमा आएको प्राकृतिक विपत्ति र कोरोनाभाइरस संक्रमणको महामारीका कारण अबेले १४७ दिनसम्म अनवरत काम गरेको समाचार एजेन्सीहरुले बताएका छन् । अबे मात्र होइन विश्वमा अरु धेरै पुँजीवादी नेताहरु छन् जसले अनुकरणीय नैतिकता प्रदर्शन गरेका छन् । तर आफूलाई ‘कम्युनिस्ट’ भएको दावी गर्ने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने पटक पटक विरामी परेर लामो समयसम्म अस्पताल भर्ना हुँदा पनि प्रधानमन्त्री पदबाट राजिनामा दिएनन्, बरु अस्पतालको शैय्याबाटै क्याबिनेटको बैठक चलाए । आफू विरामी हुँदा नियमित र रणनीतिक महत्वका विषयहरुमा गरिनु पर्ने कार्यसम्पादन प्रभावित हुँदा पनि प्रधानमन्त्री ओलीमा त्यसको कुनै महसुस भएको पाइएन । आफ्नै पार्टी र आम जनताले राजिनामा दिनुपर्ने आवाज उठाउँदा पनि ओलीले राजिनामा दिएनन्, बरु दोस्रो पटक किड्नी फेरेर फेरि पनि प्रधानमन्त्री पदमा नै आसिन छन्। ओलीकै स्वास्थ्यका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु लगायत तत्कालीन र रणनीतिक महत्वका धेरै कार्यहरु, जसले मुलुकलाई धेरै पछाडि पा¥यो तर ओलीलाई यसको कुनै पश्चाताप छैन । सडकदेखि सदन हुँदै सरकार र सम्बद्ध पार्टीले समेत राजिनामा माग्दा पनि ओली अनैतिक रुपमा प्रधानमन्त्री पदमा टाँस्सिइरहेका छन् । बरु उल्टै प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने स्थिति आए अद्यादेशमार्फत् संसद नै विघटन गर्नेसम्मका षड्यन्त्रका तानाबाना बुनिरहेका छन् । राष्ट्रियता, जनतन्त्र, जनजीविका, कोरोना महामारी तथा सुशासनमा पूर्णतः असफल सावित हुन पुगेका प्रधानमन्त्री ओलीले ‘कम्युनिस्ट’ र ‘वामपन्थी’ शब्दकै अपमान र बद्नाम गरेका छन् । जस्तोसुकै परिस्थितिमा पनि राजिनामा दिन तयार नहुने ओलीलाई बलपूर्वक नगलहत्याएसम्म प्रधानमन्त्रीबाट हट्ने देखिन्न ।

गएको चुनावमा जनताले ‘कम्युनिस्ट’ अनि ‘राष्ट्रवाद’ भनेर ओलीलाई प्रधानमन्त्री बन्ने अवसर दिए । दुई तिहाइ जनमत पाएको सरकारले देश र जनताको हितमा रणनीतिक महत्वका काम गर्ला भन्ने जनताले ठूलो अपेक्षा गरेका थिए । तर ओलीले सत्तासिन भएयताको अवधिमा आफैले स्पष्ट पारिसके कि उनी कम्युनिस्ट पनि होइनन् र राष्ट्रवादी पनि थिएनन् । केवल कम्युनिस्ट र राष्ट्रवादी विशाल जनपंक्तिको भोटका लागि उनले ‘खोल’ मात्र ओढेका हुन् । उनी नक्कली कम्युनिस्ट, नक्कली राष्ट्रवादी भएको कुरा उनकै गतिविधिले पटक पटक पुष्टि गरिसकेको छ । र, हिजो अमूल्य मत दिएर प्रधानमन्त्रीको कुर्सीमा पु¥याएका जनताले नै आज ओलीको राजिनामा माग्नुपर्ने परिस्थिति सिर्जना हुन पुगेको छ । देश र जनताप्रति जिम्मेवार र जवाफदेही हुनेभन्दा पनि विदेशी शक्तिकेन्द्रको दलालीमा कुर्सी जोगिने विश्लेषण गर्दै ओली यतिखेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीमा छन् । एमसीसी पास गर्ने र भारतलाई आफूखुशी नेपालमा परियोजना सञ्चालन गर्न दिने कामको अगुवाइ ओलीले गरिरहेका छन् । कोरोना महामारी लगायत रोग र भोकले जनताको जनजीवन अस्तव्यस्त, आक्रान्त र मृत्युको मुखमा धकेलिइरहँदा ओली सरकार भने पार्टीभित्र नाटकीय किचलो झिकेर आफ्नो असक्षमताको ढाकछोपतिर लागेको छ । भ्रष्टाचार, कमिसनले कलंकित बनेको ओली सरकार यतिखेर राज्यको ढुकुटी, स्रोतसाधनमाथि ब्रम्हलुट मच्चाउन मग्न छ । राज्यको पदीय हैसियत दुरुपयोग गरेर निजी बैभव जोड्न तल्लीन छ । बेलैमा ओलीलाई सत्ताच्युत नगरे देशै बेचिखाने हुन् कि भन्ने गम्भिर सवाल खडा हुन पुगेको छ । दलालहरुमा नैतिकता नामको ‘न’ पनि हुँदैन भन्ने तथ्यलाई ओलीले प्रदर्शित गरिरहेका छन् । यस स्थितिमा ओली पुँजीवादी मुलुकका प्रधानमन्त्री अबेसँग तुलनायोग्य छैनन् ।moolbato.com/from,,: २०७७ भाद्र १५

प्रतिकृया दिनुहोस्