‘समाचार र विचारको
साझा चौतारी’




प्रशिक्षक सान्टो वल्भ्समै बस्ने


सोमवार, भदौ २९, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका मुख्य प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले क्लबसँग नयाँ सम्झौता गरेका छन् । पोर्चुगिज प्रशिक्षक सान्टोले वल्भ्ससँग थप तीन वर्ष क्लबमा रहने गरी सम्झौता गरेका छन् ।

नयाँ सम्झौतासँगै ४६ वषीसान्टो सन् २०२३ को सिजनको अन्त्यसम्म वल्भ्समा रहनेछन् । सान्टोले वल्भ्ससँगको सम्झौता एक वर्ष बाँकी रहदै नयाँ सम्झौता गरेका हुन् ।

वल्भ्स च्याम्पियनसिपमा रहदा सन् २०१७ मा सान्टो मुख्य प्रशिक्षक बनेका थिए । सान्टोकै नेतृत्वमा वल्भ्स प्रिमियर लिगमा बढुवा भएको थियो । पछिल्लो तीन वर्ष वल्भ्सले प्रिमियर लिग तथा युरोपा लिगमा समेत उच्च प्रदर्शन गरेको छ ।

सोही कारण पनि क्लब वल्भ्ससँग सम्झौता नविकरण गर्न सहमत भएको हो । वल्भ्स यो सिजन युरोपा लिगमा क्वाटरफाइनलसम्म तथा प्रिमियर लिगमा सातौं स्थान हासिल गरेको थियो ।

सम्झौता नविकरण भएसँगै प्रशिक्षक सान्टोले आफुलाई राम्रो लागेको र यसको लागि तयार रहेको बताएका छन् । ‘हामी कडा परिश्रम गर्दै अगाडि बढ्दै जाने हो । किनकि यो एक चक्र हो । यसअघि तपाईले के गर्नुभयो भन्ने कुराले फरक पार्दैन । हाम्रो अगाडि के छ भन्ने हो र यसबारे हामीले सोच्नुपर्दछ ।’ प्रशिक्षक सान्टोले भने ।

वल्भ्सले सोमबार सेफिल्ड युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । वल्भ्सले नयाँ सिजनका लागि क्लबको कीर्तिमानी मुल्य ३५ मिलियन पाउन्डमा पोर्चुगिज क्लब पोर्टाेका युवा फरवार्ड फावियो सिल्भा, डिफेन्डर मार्कल र मिडफिल्डर भिटिन्हालाई अनुबन्ध गरिसकेको छ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्