‘समाचार र विचारको
साझा चौतारी’




पार्टी इतिहासमा मोहनविक्रम सिंहको अन्तवार्ताले पारेको भ्रमबारे


 – रामसिहं श्रीस

क.मोहनविक्रम सिंह नेपालको कम्युनिस्ट आन्दोलनमा चिरपरिचित नाम हो । नेपालको काम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताका नेतृत्व तहका बाँकी रहेका थोरै व्यक्तिहरूमध्य उहाँ एक हुनुहुन्छ । उहाँ केही अपवाद छोडेर विशेषत बि.स. २०२८ साल देखि पार्टीको मुख्य पदमा नै हुनुहुन्छ । पार्टी इतिहासको विभिन्न कालखण्डमा घटेका घटनाहरूको जिउँदो साँक्षीहरूमध्य उहाँ एक हो । उहाँबाट नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा घटेका घटनाहरूको सत्यतथ्य कुरा नयाँ पुस्ताले जान्न चाहन्छ । नयाँ पुस्तालाइृ सत्य तथ्य बताई दिने उहाँको कर्तव्य पनि हो। तर उहाँबाट त्यसप्रकारको काम हुन सकिरहेको छैन ।
हालै उहाँले नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा घटेका घटनाहरूको बारेमा “युगदर्शन साप्ताहिक” मा लामो अन्तरवार्ता प्रकाशित गर्नु भएको छ । ( ७ भाद्र २०७७ आईतबार १२ः५४ बजे) त्यो अन्तरवातार्मा उहाँले पार्टी इतिहासमा घटेका थुप्रै घटनाहरूको बारेमा गलत कुराहरू बताउनु भएको छ । कतिपय कुराहरू गलत छन् कतिपय कुराहरू तोडमोड गरिएको छ र कतिपय कुराहरू द्वैद अर्थ लाग्ने गरी प्रस्तुत गर्नुभएको छ । यसले पार्टी इतिहासको बारेमा सत्य तत्थ्य कुराको जानकारी दिने भन्दा पनि नया पुस्तालाई दिगभ्रमित पार्ने काम गरकोे छ । निश्चय नै घटनाहरूलाई हेर्ने आ–आफ्ना दृष्टिकोणहरू हुन्छन् तर तथ्यको तोडमोड गर्ने कुरा इतिहास प्रतिको अपराध नै हुन्छ । नयाँ पुस्तालाई सत्यतथ्यमा पुग्न सजिलो होस भन्नकोलागि मलाइ थाहा भएका कुराहरूमध्य केही प्रतिनीधिमूलक विषयहरूमा प्रष्टपार्ने प्रयास गरेको छु ।
उहाँ महामन्त्री भएको बेला वि.सं. २०३३ साल तिर बाग्लुङ जिल्लामा पुग्नु भएको थियो । त्यतिबेला म जिल्ला सदस्य थिएँ । उहाँलाई मैले भौतिक रुपमा प्रथम पटक भेटेको त्यतिबेला नै हो । वि.सं. २०३५ सालमा म केन्द्रीय सदस्यमा मनोनित भएँ । अनुशासनको कारबाहिमा परेको हुनाले त्यतिवेला उहाँ केन्द्रीय समितिमा हुनु हुन्नथ्यो । तर छिटै नै उहाँलाइँ पुन केन्द्रीय समितिमा ल्याइयो । त्यसपछि वि.स.२०६३ सालसम्म हामी प्राय केन्द्रीय समितिमा रहेर काम ग¥यौं । उहाँकै नेतृत्वमा लामो समयसम्म एउटै पार्टीमा काम गर्ने अवसर प्राप्त भयो । त्यसकारण वि.स. २०३५ साल देखि वि.स.२०६३ सालसम्म घटेका घटनाहरूको थोरबहुत जानकारी म पनि राख्दछु । उहाँले भनेका कुराहरुमा सत्यतथ्य के कति छ भन्ने विषय मसँग सम्बन्धित विषयहरूबाट सुरु गर्दछु ।
१– म सँग सम्बन्धीत विषय
अन्तरवार्तामा उहाँले भन्नु भएको छ ‘‘ खास गरेर हाम्रो पार्टी वा जनमोर्चामा पूर्व मसालका बराबर सदस्यहरू थिए । हाम्रो पूर्व पार्टीका तर्फबाट केन्द्रीय समितिमा सामेल भएका रामसिंह श्रीसको नेतृत्वमा केही साथीहरूले सरकारमा जाने प्रस्तावमा मत दिए ।” यसमा उहाँले भूmट बोल्नु भएको छ । त्यसो भए सत्यता के हो त ? यो हाम्रो पार्टी (एकता केन्द्र मसाल) हुँदाको कुरा हो । केन्द्रीय समितिको बैठकमा महामन्त्री का.मोहनविक्रमसिह र सहमहामन्त्री का प्रकासको अलग अलग समानानतर राजनीतिक प्रस्ताव आएकाथिए । पछि का.नवराज सुवेदी र का.दिलबहादुर श्रेष्ठले छुटटै राजनीतिक प्रस्ताव पेशगर्नुभयो । का.प्रकासले आफ्नो प्रस्ताव फिर्तालिएर नवराजजीहरुको प्रस्तावलाइ समर्थन गरेपछि उहाँहरुको प्रस्ताव बहुमतले पारित भयो । त्यो प्रस्तावमा अन्तरिम सरकारमा सहभागि हुनसकिने कुराथियो । त्यसलाइ अझ मूर्त बनाउन पी. बी. लाई अन्तरिम सरकारमा जाने निर्णय गर्ने अधिकार दिने प्रस्ताव आएको थियो । मोहनजी लगायत हामीले त्यसको विरोध ग¥यौं । प्रतिक्रियावादी सरकारमा सहभागी हुने कुरा कम्तीमा पनि राष्ट्रिय सम्ममेलनले पारित गर्नुपर्छ भन्ने तर्क राख्यौं । छलफल भयो सर्वसम्मत हुन सकिएन । त्यो प्रस्तावमा मतदान भयो । पूर्वमसालका क. नवराज सुवेदीले त्यो प्रस्तावलाई समर्थन गरेको हुनाले वहुमतले पारित भएको हो । त्यो केन्द्रीय समितिको बैठकमा सहभागी थुप्रै केन्द्रीय सदस्यहरू अहिले पनि हुनुहुन्छ उहाँहरू सँग बुभ्mदा अरु प्रस्ट हुनेछ । त्यति वेला पूर्व मसालका का. नवराज बाहेक अरु सबैले अन्तरिम सरकारमा जाने प्रस्तावको बिपक्षमा मत हालेका हुन् । अर्को घटना का. मोहनजीहरुले कोअर्डिनेसन कमिटि बनाइसके पछि बुटवलमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्यो । त्यो बैठकमा का.प्रकासजीहरु आउनु भएको थिएन । का.चित्रबहादुर आले, का.सोनाम साथी र का.धर्मचन्द्र लावति आउनु भएको थियो । हामीले त्यो बैठकमा केही प्रस्तावहरु राखेका थियौं,ती प्रस्तावहरु भित्र कोर्डिनेसन कमिटि बिघटन गर्ने र सरकारमा नजाने प्रस्ताव पनि थियो । त्यसको एकप्रति महामन्त्रीलाइ बुझाएका थियौं । यति प्रस्ट हुँदाहुदै पनि रामसिंहको नेतृत्वमा केही साथीहरूले सरकारमा जाने प्रस्तावमा मत दिए भनेर उहाँले जुन भन्नु भएको छ त्यो सरासर झुट हो । त्यसको पछाडी उहाँको के उद्देश्यले काम गरेको छ त्यो पछि प्रस्ट हुँदै जाला ।
अन्तरवार्तामा उहाँले भन्नु भएको छ, ‘‘ हाम्रो पार्टीलाई पुरै माओवादीमा लैजाने प्रकाशहरूको प्रयत्न त हुन सकेन तर रामसिंहको नेतृत्वको समुहलाई हाम्रो पार्टीबाट लैजान उनीहरू सफल भए ।” उहाँको यो भनाई पढे पछि पाठकहरूले बुभ्mने भनेको मेरो नेतृत्वको समूह मोहन विक्रमलाई छोडेर प्रकाशसँग गए भन्ने हुन्छ । यहाँ पनि उहाँ सरासर भूmट बोल्नु भएको छ । वास्तविकता के हो भन्ने बुझन पार्टीमा फुट हुनुभन्दा अगाडीको केही पृष्ठभुमी बुझ्न आवश्यक छ । राजा ज्ञानेन्द्रले संकटकाल लगाएपछि हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक लामो समयसम्म बस्न सकेन । हाम्रो लामो प्रयत्न केन्द्रीय समितिको बैठक भारतको लखनउमा बस्यो । त्यो बैठकमा महामन्त्री मोहनविक्रम सिंह, सह महामन्त्री प्रकास र म लगाएत ८ जना केन्द्रीय सदस्यहरुको समान्तर तीन वटा राजनितीक प्रस्ताव प्रस्तुत भए । ती प्रस्तावहरुमाथि बैठकमा छलफल गरी टुङगो लगाउन सकिएन । अर्को बैठकमा छलफल गर्ने भनेर थाती राखियो । त्यस बेलादेखी हामी ८ जनाको समुहलाई पार्टी भित्र तेस्रो धार भन्न थालियो । यसरी हामी का.मोहनजी र का.प्रकासजी भन्दा अलग धारको रुपमा अगाडी बड्न थाल्यौं । नेकपा(एकताकेन्द्र) सँग पार्टी एकता गरेर नेकपा(एकताकेन्द्र–मसाल) बनाए पछि क. मोहनजी र क. चित्रबहादुर के.सी ले प्रकाशहरू सँग सँगै जान सकिन्न हामीले पूर्व मसाललाई पुनर्गठन गरौं भन्नु भयो । म लगाएत थुप्रै सी.सी. एम साथीहरू उहाँहरूको त्यो कुरामा सहमत भएनौं । त्यसपछि काठमाडौंमा पूर्व मसाल पक्षको गोप्य भेला भयो । त्यो भेलामा म लगायत पूर्व मसाल पक्षमा प्रायः सबै सी.सी.एम.हरू उपस्थित थियौं । तर भेलामा उहाँहरूले सोचे जस्तो भएन । क. चित्रबहादुर के.सी. र हाउसबाट ३ जना जति प्रतिनीधि वाहेक सबैले अहिले पार्टी फुटाउन हुन्न भन्ने मत प्रकट गर्नु भयो । तर उहाँहरूको पार्टी फुटाउने योजना चलि नै रह्यो । त्यसपछि फेरी पार्टीिलाई क्रान्तिकारी दिशामा कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल चलाउनका लागि पूर्व मसाल पक्षको साथीहरूको अन्तरक्रियात्मक भेला गर्ने सहमति भयो । त्यो भेला गोरखपुरमा गर्ने निधो भयो । पूर्व निर्धारित समयमा गोरखपुरमा भेला भईयो । त्यहाँ क. मोहनजीले पहिले अन्तरक्रियात्मक भेला गर्ने सहमति भए पनि अव परिस्थिति बेग्लै भएकाले राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव हामी सी.सी.एम.हरूबीच राख्नु भयो । म लगायत पूर्ब मसालका सात जना सी.सी. एमहरुले उहाँको त्यो प्रस्तावमा सहमति जनाएनौं । त्यसपछि उहाँले हलमा जाउँ हलले जे भन्छ त्यही गरौं भन्नु भयो । हामीले त्यो कुरालाई पनि मानेनौं । हामीले पूर्व मसालको त्यो भेलामा सहभागी नहुने कुरा ग¥यौं । तै पनि यी यी कारणहरूले गर्दा हामीले यो भेला वहिस्कार ग¥यौं भन्ने जानकारी दिन हाउसमा जाने सल्लाह ग¥यौं । हलमा हामीले आफ्ना कुराहरू राखेर भेला वहिस्कार गर्न त्यहाँ उपस्थित प्रतिनीधिहरूलाई आह्वान ग¥यौे । हामी ७ जना सी.सी. एम. सहित ५५ जना साथीहरूले सो भेला वहिस्कार ग¥यौं ।
उहाँहरूले भेला गर्नु भयो र मोहनजीको नेतृत्वमा कोअर्डिनेशन कमिटि बनाउनु भयो । पार्टीसँग न सम्बन्ध न सम्बन्ध विच्छेदको नीति घोषणा गर्दै स्वतन्त्र कार्यक्रमहरू गर्न थाल्नु भयो । हामी भने काठमाडौं फक्र्यौं । प्रकाशजीहरूले हामी पार्टी चलाउँ भन्ने प्रस्ताव राख्नु भएको थियो । हामीले उहाँहरूसँग पनि अहिले पाटीै फुटाउने पक्छेमा छैनौ भन्ने जवाफ दियौं र हाम्रो पक्षको राष्ट्रिय भेला गरी नेपाल कम्युनिस्ट पार्टी(एकताकेन्द्र–मसाल) महाधिवेशन आयोजक समिति गठन ग¥यौं । त्यसको संयोजकमा म चुनिएँ अनि हामीले सिराहाका वि.एल. जीको समूह सित एकता ग¥यौ । त्यसपछि हाम्रो पार्टी,का. ऋषि कट्टेल नेतृत्व गरेको नेकपा (माले) र का. सीताराम तामाङले नेतृत्व गरेको नेकपा (मालेमा) को विचमा एकता गरेर वि.स.२०६३ साल फागुनमा नेपाल कम्युनिस्ट पार्टी(एकिकृत) निर्माण ग¥यौं । यसबाट के स्पष्ट हुन्छ भने हामी मोहन विक्रमसँग अलग भएपछि प्रकाशहरू(त्यतिबेला उहाँ सहमहामन्त्री हुनुहुन्थ्या)ेसंग एउटा बैठक पनि बसेनौं । उनीहरू सँग–सँगै जाने कुरा परै जावस । हामी मोहन जीसँग अलग भएको प्रकाशको कारणले होइन कि मोहन जी कै कारणले उहाँसँग विद्रोह गरेर अलग पार्टी बनाएका हौं ।
अन्तरवार्तामा उहाँले भन्नु भएको छ,‘‘मैले तयार पारेको दस्तावेजमा पार्टीमा देखा परेको मध्यपंथी प्रबृत्तिको आलोचना गरेको थियो । …………त्यो आलोचनाको पक्षमा केन्द्रीय समितिमा पहिले बहुमत थियो । भक्तबहादुर बैठकमा उपस्थित भएपछि पक्ष र विपक्षमा बराबर मत थियो । त्यो बेलासम्म रामसिंह श्रीस हाम्रो पक्षमा नै हुनुहुन्थ्यो । पछि उहाँले त्यो मत परिवर्तन नै महाधिवेशनको लागि निर्णायक कारण बन्यो । हामी अल्पमतमा परयौ ।” यहाँ उहाँले द्वैद अर्थ लाग्ने अत्यन्तै गोलमटोल भाषा प्रयोग गर्नु भएको छ । मेरो मत निर्णायक भएको कुरा केन्द्रीय समितिमा हो कि महाधिवेशन हलमा हो त्यो प्रष्ट छैन । जता अर्थ लगाएपनि हुने खालको भाषा प्रयोग गर्नु भएको छ । महाधिवेशनको लागि दस्तावेज तयार पार्ने क्रममा उहाँले केन्द्रीय समितिको बैठकमा छलफलको लागि दस्तावेजको ड्राफ्ट प्रस्तुत गर्नु भएको थियो । छलफलको क्रममा पार्टीमा मध्यपन्थि प्रवृत्ति छैन भन्ने पक्षमा मैले आफ्ना धारणाहरू राखें । केन्द्रीय समितिको बहुमतले मध्यपंथी प्रर्वत्ति छ भन्ने उहाँको प्रस्तावलाई अस्वीकार ग¥यो । उहाँले आफनो अस्वीकृत मतलाइ फरकमतको रुपमा फोरममा लैजानु भएको हो । त्यसमा पहिले मत बराबर भएको र मेरो मत निर्णायक भएको भन्ने कुरा सत्य होइन । यसको प्रमाण त्यतिवेला पार्टी फोरमको लागि प्रकाशित‘‘ अन्तरीम मतभेदका दस्तावेज” भन्ने पुस्तिका प्रयाप्त छ । त्यस पुस्तिकामा आफ्नो फरक मत मध्यपंथी कमजोरी बारे भनेर क. मोहनजी लगाएत तीन जना केन्द्रीय सदस्यहस्ले प्रस्तुत गर्नु भएको छ । त्यसको विपक्षमा दशजना केन्द्रय सदस्यहरू छन् । एकातिर तीन जना अर्कातिर दश जना हुँदा कसरी मेरो मत निर्णायक भयो ? त्यसकारण केन्द्रीय समितिमा मेरो मत निर्णायक भएको होइन । ‘‘ उहाँको मत परिवर्तनले नै महाधिवेशनको लागि निर्णायक कारण बन्यो हामी अल्पमतमा पुग्यौं ” भन्ने उहाँको भनाइले महाधिवेशन हलमा मेरो मत निर्णयक भयो भन्ने अर्थ लगाउन पनि सकिन्छ तर महाधिवेशनमा गएका प्रतिनिधिहरूलाई थाहा छ मध्यपंथी कमजोरी छ भन्ने का. मोहनजीको पक्षमा ३९ मत परेको थियो भने मध्यपंथी कमजोरी छैन भन्ने पक्षमा ६९ मत परेको थियो । (का.चित्रबहादुर के. सी.को राजनीतिक जीवन र व्यक्तित्व पृष्ठ ६६) । ३९ मतको विरुद्ध ६९ मतले उहाँको मतलाई खारेज गरेको थियो । यहाँ ३० मतको फरक छ । मेरो मत निर्णायक हुनलाई कम्तिमा १६ जना प्रतिनीधिहरू मैले जहाँ भन्छु त्यतै भोट हाल्ने हुनुपर्दछ । बाग्लुङबाट जाने प्रतिनीधिहरू मध्य म मात्र वहुमतको पक्षमा थिए । उहाँका माथिल्लो भनाईलाई यी तथ्यहरूले खण्डन गर्दछन् ।
२– क. पुष्पलालको सम्बन्धमा
उहाँले अन्तरवार्तामा भन्नु भएको छ, ‘‘ खास गरेर नेपाली काँग्रेसलाई हामीले दुश्मन शक्ति ठहराएको तर उहँले मित्र शक्ति मानेकोे हुनाले हामीले उहँलाई गद्दार घोषित ग¥यौं । त्यसपछि गद्दार पुष्पलाल भन्ने पुस्तक निस्कियो । ” उहाँको यस भनाईले पुष्पलाललाई गद्दार भन्नुको कारण नेपाली कांगे्रसलाई मित्र शक्ति मान्नु हो । त्यहि अन्तरवार्तामा उहाँले मनमोहनको बारेमा भन्नु भएको छ ‘‘ तर मनमोहन पछि सम्म सहमतिमा आउनु भएन । उहाँ नेपाली काँग्रेस सम्बन्धी पुरानै अडानमा कायम रहनु भयो । तैपनि चौथो महाधिवेशनमा गएर त्यो समझदारीबारे टुङ्गो लगाउने समझदारी भयो । ” नेपाली कांग्रेस सम्बन्धि पुरानै अडानमा कायम रहनु भनेको उहाँकै भनाई अनुसार नेकालाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र त्यसकारण जनगणतान्त्रीक शक्ति तथा मित्र शक्ति मान्ने” गरेको कुरा हो । उहाँकै भनाइबाट नै के प्रष्ट देखिन्छ भने नेपाली कांग्रेस प्रति एउटै दृष्टिकोण अपनाउने क. पुपपलाललाई गद्दार भन्नु भयो भने का. मनमोहनजीलाई केन्द्रीय न्युक्लीयसमा राख्नु भयो । क. मनमोहन अधिकारीलाई त्यही दृष्टिकोणको कारणले न्युकलसबाट हटाइएको होइन गोपनिएता भङग गरेको कारणले हटाएको भनिन्छ । उहाँहरूको यो व्यवहारले का. पुष्पलालमाथि अन्याय गरेको प्रष्ट देखिन्छ ।
क. पुष्पलाललाई गद्दार भनेको कुरा फिर्ता लिएको समय पनि गलत बताउनु भएको छ । उहाँले अन्तरवार्तामा भन्नु भएको छ, ‘‘ पुप्पलालजीको निधन पछि हाम्रो पार्टीको(राष्ट्रिय भेला या सम्मेलन) मा पुष्पलाल प्रतिको हाम्रो पुरानो दृष्टिकोण बदल्यौं ।” त्यहि अन्तरवार्तामा अर्को ठाउँमा भन्नु भएको छ,‘‘ त्यो बेला हाम्रो नीति बाममोर्चामा पनि सामेल हुने थियो तर बाममोर्चाकी अध्यक्ष साहना प्रधानले हामीले पहिले पुष्पलाललाई गद्दार भनेको हुनाले हामीलाई त्यसमा मिलाउनु तयार नभए पछि हामी बाम मोर्चामा सामेल हुन सकेनौं ।” उहाँको यस भनाईले का. पुष्पलाललाई गद्दार भनेको कुरा फिर्ता लिएको सयम वि. सं. २०३५ देखि २०४६ को विचमा हुनुपर्दछ । किन भने का. पुष्पलालको निधन वि.सं. २०३५ सालमा भएको थियो भने साहना प्रधान बाममोर्चा अध्यक्ष २०४६ सालमा हुनुभएको थियो । तर का.. पुष्पलाललाई गद्दार भनेको कुरा फिर्ता लिएको समय त्यो होईन । त्यसो भए सत्यता के हो त ? उहाँले गद्धार पुष्पलाल भन्ने पुस्तकको दोश्रो प्रकाशन ‘क्रान्ति वा भ्रान्ति’ नाममा वि.सं. २०५२ मा प्रकाशन गर्नु भएको छ । तत्कालिन एकता केन्द्र र तत्कालिन मसालको विचमा पार्टी एकता सम्बन्धि छलफल हुँदा दुई पार्टी वीच मतभेदहरु देखिए । ती मतभेदहरू मध्य एउटा मतभेद क. पुष्पलालको मुल्याङ्कनको बारेमा थियो । पार्टी पंक्तिमा तलसम्म पठाईएको “नेकपा(मसाल) र नेकपा(एकताकेन्द्र)को मतभेद सम्बन्धि संयुक्त दस्तावेज” को पृष्ठ ३१मा “हाम्रो पार्टीले पुप्पलाललाई गद्दार मान्दछ” भनेर प्रस्तुत गरिएको छ । वि.सं. २०५७ सालको आठऔं राष्ट्रिय सम्मेलनमा जाँदा का. मोहनजीले यसमा मेरो रिजर्भेशन रहन्छ तर केन्द्रय समितिको तर्फबाट क. पुप्पलाललाई गद्दार भनिएको कुरा फिर्ता लिउँ भन्नु भयो । त्यसै अनुसार केन्द्रीय समितिले उहाँलाई गद्दार भनेको कुरा फिर्ता लियो र त्यो निर्णयलाइ राष्ट्रिय सम्मेलनले अनुमोदन गरयो । यो तथ्यले उहाँले भनेको समयको खण्डन गर्दछ भने उहाँको मत रिजर्भ रहेको कुराको पनि उजागर गर्दछ ।
अन्तरवार्तामा उहाँले क. पुप्पलालको बारेमा सैद्धान्तिक र राजनीतिक विषयहरूमा पनि गलत कुरा बताउनु भएको छ । जस्तो उहाँले भन्नु भएको छ, ‘‘ महान बहसको बेलामा उहाँ मध्य मार्गी दृष्टिकोणमा पुग्नु भएको थियो । त्यो दृष्टिकोण थियो, चीन र रुसका पार्टीहरूमा चलेका महान वहसको सन्दर्भमा एक प्रकारको तटस्थ वा समदुरीको दृष्टिकोण । ” यो कुरा उहाँ आफु जेलबाट निस्केपछि (२०२७) पार्टी निर्माण गर्ने सन्दर्भमा उल्लेख गर्नू भएको छ । तर का. पुष्पलालले वि.सं. २०२५ सालमा गोरखपुरमा गरेको रािष्ट्रय सम्मेलनद्धारा पारित गरिएको ‘‘नयाँ जनवादी कार्यक्रम” भन्ने दस्तावेजमा भनिएको छ‘ “यो आधुनिक संशोधनवादको शुरु युगोस्लाभियाको नेतृत्वबाट भई हाल सोभियत संघको नेतृत्वमा यसलाई प्रचारित गरिएको हुँदा अब यसले विश्वका हरदेशको कम्युनिस्ट पार्टी भित्र जड जमाएको छ ।” त्यसैमा अझै अगाडी भनिएको छ, ‘‘ आजको युगमा अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद, लेनिनवादको शुद्धताको रक्षा क. माओको नेतृत्वमा चीनीयाँ कम्युनिस्ट पार्टीले नव संशोधनवाद विरोधी अभियान चलाई विश्वकम्युनिस्ट क्रान्तिकारीहरूलाइ जुन पथप्रदर्शन गर्ने कार्य भएको छ त्यसले गर्दा नवसंशोधनवादी नेतृत्वको प्रयत्न असफल हुन गएको छ ।” (पुप्पलालका छानिएका रचनाहरू भाग १ मदन आश्रीत स्मृति प्रतिस्ठान, नेपाल पृष्ठ २४० ।) यसै कुरालाई अझ स्पष्ट पार्दै अगाडी भनिएको छ ‘‘ तर पार्टीको केन्द्रीय नेतृत्वले कुनै र कस्तै परिस्थितिमा पनि कार्यनीति निश्चित गर्दा माक्र्सवादी लेनिनवादी तथा माओ विचारधाराको विपरित गई कार्यनीति निश्चित गर्नु हुँदैन । ” (उही पृ.३०५) दस्तावेजमा यति कुरा प्रष्ट हुँदाहुँदै पनि चीन र रुसका पार्टीहरूमा चलेको महान वहसको सन्दर्भमा तटस्थ र समदुरीको दृष्टिकोण थियो भन्नु क. पुष्पलाल माथिको घोर अपमान हो ।
३– क.निर्मल लामाको सम्बन्धमा
अन्तरवार्ता उहाँले भन्नु भएको छ, ‘‘ निर्मल लामा पक्षसितको फुट आवश्यक र सही दुवै थिएन । त्यो फुट लामाजी र म दुवै जना केन्द्रीय समितिमा नभएको बेलामा भएको थियो ।” लामाजीसंगको फुट आवश्यक र सही ढुवै थिएन भनेर जुन समिक्षा गर्नु भएको छ त्यो पछि गर्नु भएको हो । त्यो फुट लमाजी र म दुवै जना केन्द्रीय समितिमा नभएको बेलामा भएको भनेर त्यो फुटमा उहाँको कुनै भूमिका थिएन भन्ने सन्देश दिन खोजिएको छ । तर वास्तविकता त्यस्तो थिएन । त्यो फुटमा उहाँको भूमिका कस्तो थियो भन्ने कुरा बुभ्mन पार्टी फुटुन भन्दा अगाडीको पृष्टभूमिमा जानु पर्दछ । क. मोहजनजी जलजला केसमा कारवाही परेपछि (वि.सं. २०३५) क. निर्मल लामा महामन्त्री बन्नु भयो । वि.सं. २०३६ सालमा जनमत संग्रहको घोषणा भयो । बदलिएको राजनीतिक परिस्थितिमा महामन्त्रीबाट अगाडी सारिएका कतिपय महत्वपूण कुराहरूलाई केन्द्रीय समितिको बहुमतले स्वीकार गरेन । त्यसपछि क. निर्मल लामालाई महामन्त्री र पी.वि. बाट हाटाईयो र क. भक्तबहादुर श्रेष्ठलाई महामन्त्रीमा निर्वाचित गरियो । अर्को तिर क. मोहन विक्रमजीलाई कारवाहीको समयावधि पुरा नहँदै पुनः केन्द्रीय समितिमा ल्याइयो । एउटा समय यस्तो आयो महामन्त्री झक्तबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भने क. निर्मल लामा र क. मोहन विक्रम सिंह केन्द्रीय सदस्य हुनुहुन्थ्यो । वि.स. २०३८ सालको प्लेनमपछि पाँचौ महाधिवेशन गर्ने निर्णय भयो । त्यतिबेला पार्टीमा पंचायती व्यवस्था भित्रको चुनावलाई उपयोग गर्ने वा वहिस्कार गर्ने, सशस्त्र संघर्षको स्वरुप दीर्घकालिन जनयुध्द कि सशस्त्र जनविद्रोह भन्ने लगायतका कैयौं राजनीतिक प्रश्नहरू केन्द्रिय समितिमा फकर फरक विचारहरू आईसकेका थिए । क. निर्मल लामाले पंचायत व्यवस्था भित्रको चुनावलाई उपयोग गर्नुपर्दछ र नेपालकमो सशस्त्र संघर्षको स्वरुप चीनको जस्तो दीर्घकालिन जनयुध्द नभएर रुसको जस्तो अल्पकालिन सशस्त्र जनविद्रोहको काईदिशा बनाउँनु पर्दछ भन्नु हुन्थ्यो । क. मोहन विक्रम सिंह, मोहन वैद्य, चित्रबहादुर के.सी. लगायत वहुमत केन्द्रीय सदस्यहरूले पंचायती व्यवस्था अन्तगरगत हुने चुनावलाई वहिस्कार गर्नु पर्दछ र नेपालको सशस्त्र संघर्षको स्वरुपम दीर्घकालिन जनयुध्द हुनुपर्दछ भन्ने पक्षमा थिए । अव केन्द्रीय समितिमा वहुमत पक्ष र अल्पमत पक्ष भनि दुई पक्ष भएका थिए । पाँचौ महाधिवेशनको लागि दस्तावेज तयारी गर्ने क्रममा ती फरक विचारहरू पनि त्यहाँ अभिव्यक्त भए । दस्तावेज तयारी नहुँदै पार्टीको केन्द्रीय समितिमा देखा परेका विचारहरूलाई तलसम्म लैजाने निर्णय भयो । त्यति बेलासम्म उहाँहरू दुवै जना केन्द्रीय सदस्य हुन हुन्थ्यो ।
त्यसपछि आफ्नो फरक विचार तल लैजाने क्रममा क. निर्मल लामाले पार्टीको गोपनियता भंग गरेको आरोपमा उहाँलाई केन्द्रीय समितिबाट हटाएर सेल कमिटिमा राखियो । अर्कोतिर मोहन विक्रम सिंहलाई अर्को साँस्कृतिक केशमा कारवाही गरियो र उहाँलाई पनि केन्द्रीय समितिबाट हटाएर सेल कमिटिमा राखियो । त्यसपछि अर्को घटना घट्यो महामन्त्री भक्तबहादुर श्रेष्ठ गिरफ्तार हुनुभयो । त्यो अवस्थामा केन्द्रीय समितिको आकस्मिक बैठक बस्यो । त्यो बैठक क. मोह वैद्य ‘किरण’को अध्यक्षतामा बसेको थियो । त्यो वैठकमा क. मोहनवैद्य किरण र क. भक्तबहादुर श्रेष्ठलाई अनुशासनको कारवाही गर्नु पर्दछ भन्ने प्रस्ताव आयो । वहुमतले त्यो प्रस्तावलाई अस्वीकार ग¥यो । त्यसपछि का. सूर्यनाथ रान यादवले यस प्रकारको केन्द्रीय समितिमा बस्दिन भनेर केन्द्रीय समितिबाट राजीनामा दिनुभयो । राजीनामा फिर्तालिन धेरै अनुरोध गरियो तर उहाँले मान्नु भएन । त्यसपछि केन्द्रीय समितिले उहाँको राजीनामा स्वीकृत ग¥यो । त्यसपछि केन्द्रीय समिति विघटन भयो भन्ने तर्क आयो । कसरी भने चौथो महाधिवेशनले ९ जना पूण र ४ जना वैकील्पक गरी १३ जनाको केन्द्रीय समिति बनाएको रहेछ । ९ जना पूर्ण सदस्य मध्य ३ जना विभिन्न कारणले पहिले नै हटिसकेको, क.भक्तबहादुर श्रेष्ठ गिरफ्तार भएको र क.सूर्यनाथ रान यादवको राजीनामा स्वीकृत भएकोले अव महाधिवेशनबाट निर्वाचित नौ जना मध्य ५ जना हटेकाले अव ४ जना मात्र बांकी रहेकाले अल्पमतमा परि स्वतः विघटन भयो भन्ने तर्क आयो । त्यो बैठक गोरखपुरमा बसेको थियो । र क. मोहन विक्रमपनि त्यही बस्ने भएको हुनाले उहाँसँग यो स्थितिको बारेमा सोध्ने काम भयो । उहाँले तेश्रो महाधिवेशनभन्दा पहिले कमलराज रेग्मी जेलमा परेको बेला अन्तर जोनल सामान्जस्य कमिटि बनाउँदा कमलराज रेग्मीलाई केन्द्रीय सदस्यमा गणना गरेको नजिर प्रस्तुत गर्नु भयो । भक्त बहादुर श्रेष्ठ जेल परेको भए पनि उहाँ केन्द्रीय सदस्य नै हुनुहुन्छ । त्यसकारण केन्द्रीय समितिमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू ५ जना भएकाले केन्द्रीय समति विगठन भएको छैन बैठक चलाउनु पर्छँ भन्ने कुरा अयो । त्यसपछि जयगोविन्द शाहले पनि उस्तै कारणहरू देखाएर केन्द्रीय समितिबाट राजीनामा दिनु भयो । त्यस पछि चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रय समिति विगठन भएको कुरा मानियो ।
पार्टीमा अल्पमत र वहुमत पक्ष भएको कुरा अगाडी नै उल्लेख गरिसकिएको छ । केन्द्रीय समिति विघटन भएपछि वहुमत पक्षका साथीहरूले अव बाँकीरहेका केन्द्रीय सदस्यहरूलाई राष्ट्रय सम्मेलन आयेजक समिति बनाएर राष्ट्रिय सम्मेलन बोलाउँ भन्ने प्रस्ताव भयो । अल्पमत पक्षका साथीहरूले त्यो कुरा स्वीकार गर्नु भएन र बैठक छोडेर हिड्नु भयो । हामीले राजनीनामा दिएका वाहेक सबैे केन्द्रीय सदस्यहरूलाई राखेर राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरयौ । त्यसको सचिव क. मोहन वैद्य किरण हुनुभयो । छिट्टै नै हामीले राष्ट्रिय सम्मेलनको आयोजना ग¥यौं । त्यो राष्ट्रिय सम्मेलनमा क. मोहन विक्रम सिंह र क. निर्मल लामालाई पनि आमन्त्रित प्रतिनिधि बनायौं । राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा बसेको सम्मेलन आयेजक समितिको वैठकमा पनि उहँहरू दुवै जनालाई आमन्त्रित ग¥यौं । त्यहाँ क. निर्मल लामाले राजनीतिक लाईन सम्मेलको बहुमतले जे निर्णय गर्दछ त्यसलाई इमान्दारी पूर्वक मान्ने, यो आयोजक समितिमा अल्पमत पक्षमा केही साथीहरूलाई थप्ने र सम्मेलनको मिति दुईदिन पछि सार्ने प्रस्ताव राख्नु भयो । यतिगरे अहिले पार्टी फुटदैन भन्ने का. लामाजीको तर्क थियो । त्यतिवेला क. मोहनजीले क. लामाको प्रस्ताव स्वीकार गरेको भए सम्मेलन आयोजक समतिले पनि त्यो प्रस्तावलाई स्वीकार गर्ने अवस्था थियो । तर लामाजीको प्रस्ताव स्वीकार भएन । राष्ट्रिय सम्मेलन निर्धारित समयमा सुरुभयो । क. निर्मललामा लगायत केही साथीहरू सम्मेलनमा सहभागी हुनु भयो । क. लामाजी लगायत अन्य केन्द्रीय सदस्यहरू समेतलाई राष्ट्रिय सम्मेलनले पार्टीबाट निस्कासन ग¥यो । त्यो सम्मेलनमा क. मोहनजी पनि उपस्थित हुनु हुन्थ्यो र मतदान हुँदा क. निर्मल लामाहरूलाई कारवाही गर्ने पक्षमा मतदान गर्नु भएको थियो । त्यो सम्मेलनले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी(मसाल)राख्यो । उता कारवाहीमा परेपछि का. निर्मललामाहरुले पनि नेपाल कम्युनिष्ट पार्टी(चौ. म.) गठन गर्नुभयो । यसरी पार्टी विभाजन भएको थियो ।
मोहनजीले त्यो फुटमा लामाजी र आफु केन्द्रीय समितिमा नभएको बेलामा भनेर फुटको जिम्मेवारी लिनबाट जसरी भाग्न खोज्नु भएको छ, माथिको विवरणले पनि उहाँको त्यो आशयको खण्डन गर्दछ । अझ वास्तविकता त यो हो कि उहाँले लेखको र क. चित्रबहादुर के.सीले राष्टिय सम्मेलनमा प्रस्तुत गर्नु भएको ‘‘ चौथो महाधिवेशन भित्र देखापरेको दक्षिणपंथी अवसरवादको सिंहावलोकन ” भन्ने दस्तावेजमा भनिएको छ “यसरी आज पार्टीमा देखापरेका अनुशासन विहिनता,दक्षिनपंथी भडकाव फुटकालागि मुख्यरुपले का. निर्मललामा जिम्मेवार हुनुहुन्छ । उहाँमा देखापरेको त्यसप्रकारको भडकावको मूलमा उहाँको निम्नपूंजीवादी चरित्र तथा पद र प्रतिस्ठाको भोकले नै मुख्यरुपले काम गरेको छ ।” (रातो तरवार पृ १८६) दस्तावेजमा यसरी लेख्ने अनि पार्टीबाट निस्कासन गर्नुपर्दछ भन्ने पक्षमा मत जाहेर गर्ने कुराले पार्टीफुटमा उहाँको भूमिका कस्तो रह्यो भन्ने कुरा आफैमा प्रष्ट हुन्छ । निश्चयनै त्यसमा हाम्रो पनि कमजोरीको हिस्सा छ तर तत्कालिनरुपमा जसले वैचारिक नेतृत्व गरयो उसले मूख्य जिम्मेवारी लिनुपर्दछ ।
४– विविध विषयहरू
क) एकता केन्द्रलाई माक्र्सवादी–लेनिनवादी संगठनको मान्यता दिएको बारे
अन्तरवातर्मा उहाँले भन्नु भएको छ‘‘ हाम्रो पार्टीको छैटौं महाधिवेशनले तत्कालिन एकताकेन्द्रलाई माक्र्सवादी–लेनिनवादी संगठनको रुपमा व्याख्या गरेर त्यो सित पार्टी एकता गर्ने निर्णय ग¥यो । ” यहाँ उहाँले के भन्नु भयो भने ‘‘ छैटौं महाधिवशनले प्रथम तत्कालीन एकताकेन्द्रलाई माक्र्सवादी–लेनिनवादी संठनको रुपमा व्याख्या ग¥यो द्धितिय त्योसँग पार्टी एकता गर्ने निर्णय पनि ग¥यो । उहाँले भनेका दुवै कुरा सत्य होइन। जस्तै छैठौं महाधिवेशनद्वारा पारित राजनीतिक दस्तावेजको राजनैतिक शक्तिहरूको विश्लेषणमा भनिएकोछ, ‘‘ देशमा निम्न पुँजीवादी वर्गको प्रतिनिधित्व गर्ने केही राजनीतिक समूहहरू छन् जसमा ए. के. र एमाले मुख्य छन् ।” अझ अगाडी भनिएको छ, ‘‘ ए.के देशभक्त र जनगणतान्त्रीक समूह हो तर त्यसलाई कम्युनिस्ट पार्टी भन्न मिल्दैन । ए.के. वाह्यरुपमा क्रान्तिकारीताको प्रदर्शन गर्ने तर यथार्थमा दक्षिणपंथी दिशा समातेको अवसरवादी राजनीतिक समूह हो । ” (रातो तरवार पृष्ट ५०९÷५१०) त्यो दस्तावेजमा पार्टी एकताको सन्दर्भमा भनिएको छ,‘‘ आज देशमा अन्य कुनै माक्र्सवादी लेनिनवादी पार्टी वा समूह नभएकाले पार्टीगत आधारमा पार्टी एकताको सम्भावना छैन । ” (रातो तरवार पृष्ट ५२३) तत्कालीन एकता केन्द्रलाई माक्र्सवादी लेनिनवादी पार्टी मानेको छैठों महाधिवेशन पछि कपिलबस्तुमा भएको केन्द्रीय समितिको विस्तारीत बैठकले हो छैठौं महाधिवेशनले होइन । तत्कालीन एकताकेन्द्रसँग पार्टी एकता गर्ने निर्णय त अझ पछि भएको हो ।
ख) प्रचण्डको सन्दर्भमा
अन्तरवार्तामा उहाँले भन्नु भएको छ, ‘‘महाधिवेशनले वैद्यलाई महामन्त्रीमा चुन्यो र प्रचण्ड प्रथम पल्ट केन्द्रीय समितिमा चुनिएका थिए । ” उहाँको यो भनाइमा पनि सत्यता छैन । प्रचण्ड पाँचौं महाधिवेशन (२०४१) भन्दा पहिले २०४० को राष्ट्रिय सम्मेलन पछि केन्द्रीय समितिमा आउनु भएको हो ।
ग) बाबुराम भट्टराईको सन्दर्भमा
उहाँले भन्नु भएको छ,‘‘ के.सी.ले चुनाव उपयोग गर्नु पर्दछ भन्नुभयो । हामीले वहिस्कार गर्नु पर्छ भन्यौं । केन्द्रीय कमिटिमा उपयोगको पक्षमा वहुमत भयो तर राष्ट्रिय सम्मेलनले वहिस्कार गर्ने निर्णय ग¥यो । बाबुराम भट्टराईहरू पनि चुनाव वहिस्कार गर्नु पर्दछ भन्ने पक्षमा हुनुहुन्थ्यो । ” यहाँ चुनावको जुन कुरा गरिएको छ त्यो २०४७ सालको संसदीय चुनावको हो । उहाँले भनेका कुराहरू मध्य बाबुराम भट्टराईहरू पनि चुनाव वहिस्कारको पक्षमा हुन हुन्थ्यो भन्ने कुरा गलत हो । जुन राष्ट्रिय सम्मेलनले चुनाव वहिस्कार गर्ने निर्णय ग¥यो त्यो सम्मेलनमा उहाँ जानु भएकै थिएन । उहाँका मान्छेहरू भनेको टोपवहादुर , हरिबोल गजुरेलजीहरू चुनाव उपयोगको पक्षमा हुन हुन्थ्यो ।
घ) जयगोविन्द शाहको सन्दर्भमा
उहाँले भन्नु भएको छ, त्यो सम्मेलनले चित्रवहादुर के.सीको नेतृत्वमा केन्द्रीय संगठन समिति गठन ग¥यो । जसमा जयगोविन्द शाह भक्तबहादुर श्रेष्ठ, मोहनवैद्य , मसमेत थियौं ।” भन्नु भएको छ । यो सम्मेलन भनेको वि.सं. २०४० को गोरखपुर सम्मेलन हो । त्यो सम्मेलनले जयगोविन्द शाहलाई केन्द्रीय समितिमा राखेको होईन वरु राजीनामा दिएर केन्द्रीय समिति भंग गराएको भनेर पार्टीबाट निस्काशन गरेको हो ।
मेरो आग्रह के हो भने हामीले आफुलाई थाहा भएको इतिहासको सत्यतथ्य घटनाहरु जस्ताको त्यस्तै राखौं । हुदै न भएको कुरालाई हो भनेर वा भएको कुरालाइ होइन भनेर वा विषय बस्त्लाई तोडमोड गरेर आखिर कसलाई के फाइदा हुन्छ ? अझ जस्ले आफुलाई सच्चा कम्युनिष्ट भन्दछौं उसले त त्यसो गर्नै हुन्न । मैले उहाँको अन्तरवार्तामा त्यस्ता कुराहरु पाए जसलाई लिखित दस्तावेजहरुले नै खन्डन गर्दछ । त्यस कारण नयाँ पिडीमा भ्रम नपरोस भन्नका लागी केही उदाहरणहरु पेस गरेको हु । मेरो भनाइमा पनि सत्यता छैन भन्ने लाग्छ भने तथ्यबाट सत्यको खोजीमा जान सकिन्छ । कसैको इतिहासलाई बङगाउन नखोजौं । सत्यबाट तथ्य कुरा दिने प्रयास गरौं ।
 moolbato.com/from२०७७ भाद्र २८

प्रतिकृया दिनुहोस्