‘समाचार र विचारको
साझा चौतारी’




कालो कुखुरा पालन व्यावसाय फस्टाउदो, ड्रागन फ्रुट्सपछि कडकनाथमा सफल भेसमान श्रेष्ठ


कडकनाथ कुखुराको मासु सेवनले क्यान्सर, पाइल्स जस्ता रोग निको पार्न मद्यत गर्ने
प्रबिता श्रेष्ठ

काठमाडौं । काभ्रे नाला टुसालका स्थानीय भेषमान श्रेष्ठले दुई वर्ष अघि मित्रमार्फत एक जोडी कडकनाथ जातका कुखरा पाए । नेपाली बोलीचालीमा ‘कालो कुखरा’ बोलिने यस कुखुराको व्यवसायिक पालन गर्ने सोच उनमा पलायो । नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा, उनले करिब चार रोपनीको जग्गा लिए । दुई वर्षको अन्तरालमा हाल, चार सयभन्दा बढी कुखुराहरू हुर्काइसकेका छन् ।

यसअघि उनी एक सफल ड्रागन फ्रुट्स व्यावसायी पनि हुन् । ड्रागन फ्रुट्सलाई व्यासायिक बनाउने स्रेय पनि उनैलाई जान्छ । कृषि पेशालाई नै मुलधारको व्यवसाय बनाएका ४९ वर्षे भेषमान श्रेष्ठका अनुसार यो नेपाली मुलकै कुखुरा हुन सक्छ । पहिलेको समयमा धामी, झाँक्रीका लागि आवश्यक पर्ने कुखुरा यही हुने गरेको उनको बुझाइछ । यद्यपि, बीचको समय यो कुखुराको संख्या घट्न थाल्यो ।

आम नेपाली भाषामा ‘कालो कुखुरा तथा भाले’ बोलीचाली प्रयोग गरिने यस कुखुरालाई भारतमा भने कडकनाथ भनिन्छ । सोही नाम नै अहिले प्रचलित छ । अण्डाबाट कुखुरामा हुर्किन, बढ्न करिब ६ देखि सात महिना लाग्ने भेषमानको अनुभवले बताउँछ । मासु र अण्डा दुवैकालागि पालिने उपयोगी यस कुखुराको एउटा अण्डाको ५० देखि सय रुपैंयासम्म पर्ने गर्छ । ‘मासुप्रति किलो दुईदेखि तीन हजार पर्न जान्छ’, भेषमान भन्छन् ।

उनलाई उक्त एक जोडी कडकनाथ मित्रले पनि मलेसियाबाट ल्याएको जानकारी भेषमान दिन्छन् । हाल यस प्रकारका कुखुरा भारत, इन्डोनेसिया, मलेसियामा बढी पाइने पनि उनले बताए । लामो समयपछि नेपालमा यसको व्यवसायिक सुरुवात पुनः हुन थालेकोे उनको दाबी छ।

आम नेपाली भाषामा ‘कालो कुखुरा तथा भाले’ बोलीचाली प्रयोग गरिने यस कुखुरालाई भारतमा भने कडकनाथ भनिन्छ । सोही नाम नै अहिले प्रचलित छ । अण्डाबाट कुखुरामा हुर्किन, बढ्न करिब ६ देखि सात महिना लाग्ने भेषमानको अनुभवले बताउँछ । मासु र अण्डा दुवैकालागि पालिने उपयोगी यस कुखुराको एउटा अण्डाको ५० देखि सय रुपैंयासम्म पर्ने गर्छ । ‘मासुप्रति किलो दुईदेखि तीन हजार पर्न जान्छ’, भेषमान भन्छन् ।

अन्य कुखुराको तुलनामा कडकनाथको मासु पनि कालो नै हुन्छ । भेषमानकाअनुसार सुन्नमा आएसम्म अण्डा पनि कालै हुने थियो । यद्यपि, हालसम्म अण्डा अन्य कुखुराभन्दा फरक नभएको उनले थपे ।
व्यवस्थित तथा पर्याप्त दानापानी व्यवस्था हुनसकेमा यस कुखुराले दैनिक अण्डा पार्ने भेषमानको अनुभव छ । दानापानीभन्दा पनि यस बढी मात्रामा घाँस सेवन गर्ने गर्छ । ‘कडकनाथ जातका कुखुरालाई खानापिनमा करिब ६०÷७० प्रतिशत घाँसको आवश्यक हुन्छ,’ भेषमान् भन्छन् ।

कडकनाथका फाइदा
व्यवसायिक रुपमा लागेका भेषमानका अनुसार उक्त कुखुराले क्यान्सर, पाइल्स जस्ता रोग निको पार्न सक्छ । अन्य कुखुराका मासुले विभिन्न रोग निम्त्यिाउँछ भने यसले रोगलाई निर्मुल पार्ने काम गर्छ । नेपाली पोल्ट्री बजारमा नयाँ भएको कारण यसको बजार विस्तारै पाउनेमा उनी विश्वस्त छन् । यद्यपि, किसानहरूको समस्या सम्बोधन गर्नेमा सरकार तथा कुनै संयन्त्र गम्भिर नभएको गुनासो उनी पोख्छन् ।

अन्य कुखुराको जस्तो यस कडकनाथमा कोलेस्ट्रोल (कुखुराको मासुमा पाइने बोसो वा चिल्लो पदार्थ) को मात्रा कम हुने कारण क्यान्सर, डाइबेटिज, पत्थरीको बिरामीका लागि सेवन मिल्ने डा. बास्तोला बताउँछन् । सामान्यता : अन्य कुखुरामा १३–१५ प्रतिशत देखि २५ प्रतिशत कोलोस्ट्रोलको मात्रा हुने गर्छ जुन, कडकनाथ कुखुरामा निकै न्युन हुन्छ ।

के भन्छन्, पशु विज्ञ ?
चार पाँच वर्ष यता भारतको मध्य प्रदेशमा बढी पाइने कडकनाथ कुखुरा नेपाली पोल्ट्री व्यवसायमा चार पाचँ वर्ष यता मात्र भित्रिएको पशु विज्ञ डा. निरज बास्कोटा बताउँछन् । नेपाली किसानहरूले व्यक्तिगत तथा संस्थागत तबरमै भए पनि कडकनाथ कुखुरा झिकाइ व्यवसायी सुरुवात गर्न थालेको डा. बास्कोटाको बुझाइ छ । कडकनाथ नेपाली मुलको नभई ‘एक्जोटिक ब्रिड’ अर्थात विदेशी कुखुराको जातिमा पर्ने पनि उनले थपे ।
डा. बास्कोटा भन्छन्, ‘कडकनाथ कुखुरा प्रजाति कै एक मध्य पर्छ जसको छाला, मासु, पखेँटादेखि सिउँर एवमं पुरा शरीर नै कालो हुन्छ ।’ जसरी मानिसहरुमा पनि गोरो, कालो वा गहुँगोरो रंगको विभिन्नता हाम्रो शरीरमा भने ‘मलानिन’ भन्ने तत्वको कारण हुन्छ, सोही अनुरुप कडकनाथ कुखुरामा पनि ‘मलानिन’को मात्राले गर्दा नै शरीर कालो हुने डा. बास्कोटा प्रस्ट्याउँछन् । यसका साथै, अण्डा पनि कालै हुनै पर्ने उनी मान्दैनन् । तथापि, जनमानसमा यस प्रजातिका कुखुराको रगत नै पनि कालो हुने पुर्वाग्रह भने गलत भएको उनले स्पष्ट पारे ।

अन्य कुखुराको जस्तो यस कडकनाथमा कोलेस्ट्रोल (कुखुराको मासुमा पाइने बोसो वा चिल्लो पदार्थ) को मात्रा कम हुने कारण क्यान्सर, डाइबेटिज, पत्थरीको बिरामीका लागि सेवन मिल्ने डा. बास्तोला बताउँछन् । सामान्यता : अन्य कुखुरामा १३–१५ प्रतिशत देखि २५ प्रतिशत कोलोस्ट्रोलको मात्रा हुने गर्छ जुन, कडकनाथ कुखुरामा निकै न्युन हुन्छ ।

साथसाथै, ‘प्रोटिन’ तथा ‘फ्याट्टी एसिड’ को मात्रा पनि बढी हुने कारण पनि उक्त कुखुरा उपयोगी हुने डा. बास्तोला सल्लाह दिन्छन् । यही फाइदाका कारण पनि यसको बजार मुल्य केही महंगो भएको उनको बुझाइछ । ‘भ्यालु एडेड कमोडिटी’ को रुपमा हाल, निश्चित वर्गले मात्रा उपभोग गर्ने उक्त कुखुरालाई न्युन लगानीमा ‘मास प्रोडक्सन’को वातावरण बनाउने सके सर्वसाधारण पनि यसको उपभोक्ता हुन सक्ने डा. बास्तोला मान्छन् ।halokhabar/from

 

प्रतिकृया दिनुहोस्