‘समाचार र विचारको
साझा चौतारी’




२४ पेनाल्टी २१ गोल, बर्नमाउथ अघिल्लो चरणमा


बुधबार, भदौ ३१, २०७७

एजेन्सी – इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनैपनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लिइज्ञउको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११–१० ले विजयी हुदै दोस्रो चरणका पुग्न सफल भयो ।

दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए । ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए । ११ औं प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउदै जित दिलाए ।

बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा गोलरक्षक एस्मिर बेगोभिच चुके ।

क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा गोलरक्षक वायन हेनेसी गोल गर्नबाट चुके ।

त्यसअघि पहिलो हाफमा साम सरिजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए । अब बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्