‘समाचार र विचारको
साझा चौतारी’




लीलामणीहरुको पक्षमा !


लीलामणीहरु हिजो पनि लडेका थिए, आज पनि लडिरहेकाछन् र भोलीपनि लडिरहनेछन् ।किनकी लीलामणीहरु हारेर थकाई मार्ने मान्छेहरु होइनन् । लीलामणीहरुको आफ्नो खालको आन्दोलनको इतिहास छ । मैले थाहा पाएदेखि भन्नु पर्दा लीलामणीहरुले कहिल्यै पदको आशक्तिमा विवेकलाई बन्दक बनाएनन् , कहिल्यै आफ्नो विचार, निष्ठा, सिद्धान्त र आदर्शलाई अरुको जस्तो सुस्तरी स्खलनतर्फ बढाएनन् शायद यसैले होला लीलामणीहरु थोरै होलान, अल्पमतमा होलान्, एक्ला जस्ता देखिएलान् तर उनीहरुले आम नेपालीको प्रतिनिधित्व गरिरहेका हुन्छन् सत्य त यो पनि हो लीलामणीहरु कहिल्यै हार्दैनन् किनकी उनीहरुको साथ लाखौँ नेपालीको आवाजसँग जोडिएको हुन्छ जहाँ नेपाल आफै बोलीरहेको हुन्छ ।
चाहेका भए शायद उ बेलानै लीलामणीहरुले अकुत सम्पत्ति र मनलाग्दो पद पनि बटुल्न सक्थे होलान् । चाहेका भए लीलामणीहरुले विचार र दर्शनलाई अरुले जस्तै एकातिर थन्क्याएर ऐसको जिवन बिताउन सक्ने थिए । तर, लीलामणीहरुले जहिले पनि राष्ट्र, राष्ट्रियता, जनतन्त्र र जनजिविकाका लागिनै आफ्नो सम्पूर्ण जिवनको उर्जा समर्पण गरेकाछन् यसकारण पनि लीलामणीहरु कहिल्यै थाक्दैनन् र हार्दैनन् किनकी उनीहरुका साथमा मेचीदेखि महाकालीका जनताको साथ छ र उनीहरुको नियतमा कुनै शंका छैन ।
आज कताकता लीलामणीहरु एक्ला जस्ता मात्र देखिएकाछन् जब जनताको जनआवाज र देशभक्तिको भेल उर्लन्छ त्यो बेला लाखौँलाख लीलामणीहरु देखिनेछन् जब एमसिसिलाई शीरमा राखेर राष्ट्रवादको छलिकर्म बाहिर आउँछ । त्यो बेला सडकमा जताततै लीलामणीहरु हुनेछन् उनीहरुका साथमा सिङ्गो नेपाल हुनेछ हो त्यो बेला एमसिसिका डफेदारहरुले देख्नेछन् कि लीलामणीहरु त साँच्चैका लीलामणीहरुनै रहेछन् भनेर ।
गंभीर र महत्वको विषय त आज यो छ कि आखिर किन लीलामणीहरु एमसिसिको पक्षमा छैनन् ? किन लीलामणीहरु एमसिसि ठिक छैन भनेर तर्क गरिरहेकाछन् ? एकपटक हामी सबैले सोच्ने बेला आएको छ । राष्ट्र भन्दा ठूलो राजनीतिक दल किमार्थ हुदैन र हरेक देशभक्त नागरिकको पहिलो शीर भनेको उसको देशनै हो । यसका अलवा स्वभावैले नेपालका कम्युनिष्टहरुले हिजोदेखि उठाउँदै आएको आज पनि उत्तिकै सान्दर्भीक रहेको राष्ट्र ु राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा हामी कति गंभीर छौँ र गंभीर हुनुपर्छ भन्ने कुरा फेरि पनि लीलामणीहरु सबैलाई संझाईरहेकाछन् यसर्थ एकपटक आम देशभक्त नेपालीहरुले लीलामणीहरुलाई सुन्नु पर्ने समय आएको छ । यो वा त्यो को बहानामा हिजो जस्तै हामी कतै काशी, गण्डक र महाकालीमा जस्तै रनभुल्लमा त पारिदैत छैनौँ आज एक पटक सम्पूर्ण नेपालीजनले स्मरण गर्ने बेला भएको छ । नेपाल र नेपालीको पक्षमा निरन्तर आफ्नो आवाजलाई बुलन्द गर्दै आउने लीलामणीहरु आज कतै एक्ला जस्ता देखिएपनि नेपाल र नेपालीको हितका पक्षमा लाखौँ लीलामणीहरु आज पनि लीलामणीहरुको साथमा रहेकाछन् । नेपाल र नेपाली जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका लीलामणीहरुको पक्षमा सिङ्गो नेपाल र नेपाली साथ रहेको छ ।

प्रतिकृया दिनुहोस्