‘समाचार र विचारको
साझा चौतारी’




बिहानै काठमाडौँमा ६ रेक्टरको भुकम्पको धक्का महशुस


२०७७, ३१ भाद्र बुधबार,  ई-रातो खबर
काठमाडौँ : बुधबार बिहानै काठमाडौँमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । काठमाडौँ र आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको थियो । बिहानै मानिसहरु घरबाहिर निस्केका थिए र केही खाली ठाँउ सम्म पुगेका थिए। २०७२ सालको भुकम्पले त्रसित बनेका मानिसहरु केही समय घर बाहिरै बसेका थिए ।नेपालमा २०७२ सालमा आएको भुकम्प पछि यो सबैभन्दा ठुलो भुकम्प भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्