सृजनाको चौतारी

कान्छा

गजल
म त गाउँमा बस्छु कान्छा गाउँ कै परेँ छोरी
घाँस काट्न जान्छु कान्छा बोकी नाम्लोडोरी ।

गाइ भैंसी भेडा बाख्रा खेती मेरा साथीहरू
मिलीजुली छर्छु कान्छा बारीभरि गहुँ तोरी ।

मेलापातमा रमाइलो छ उस्तै सहपाठी
तीनै सँग खेल्छु कान्छा भन्छन् मलाई गोरी ।

डोको डालो फुरलुङ नाम्लो सँगै घुम ओडी
जीवन जिउछु कान्छा म त मिठो सपना कोरी ।

रोग भोक शोक अनि समस्या र संकट सँग
मुकाबिला गर्छु कान्छा आएभने खोज्दै जोरी ।।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button