‘समाचार र विचारको
साझा चौतारी’




मान्छे मोटायो


कविता

म हिडथेँ झोला बोकी गाउँको बाटो
परिचित थिए ती सबै ढुङ्गा माटो ।
घर घरमा पसि पानी मागी खान्थेँ
थोरै गफ गरि आफ्नो बाटो जान्थेँ ।

रमाइलो थियोे दुःख थोरै खप्दा
आनन्द लाग्थ्यो उकालीमा चढदा ।
यातायात आयोसुखसयल सँगै
कोचिएर हिडछु अहिले बिरलै ।

न त माटो चिन्छ बाटो नै हरायो
गाउँका चिनजान पनि बिलायो ।
ती दिन कता गए कठै मानवता
छायो अहिले कस्तो आधुनिकता ।

खोजखबर गर्न मुख चाहिएन
सम्पन्न भो जीवन दुःख पाइएन ।
सबै कुरा संचार भित्र अटायो
यातायात सयलले मान्छे मोटायो ।।

प्रतिकृया दिनुहोस्