‘समाचार र विचारको
साझा चौतारी’




इलामलाई


गजल

झरनाको चिसो पानी पिँउ, पिँउ जस्तो।
बिश्वभरी इलामलाई दिँउ,दिँउ जस्तो।।
चियाबारीको मुनासँगै मितेरीनै लगाएर।
झुल्केघामकि रानीलाई चुमौ, चुमौ जस्तो ।।

कुँदे जस्तै पहाडबाट उँडु , उडुँ भएरनै।
इलामको नाली बेलि लेखुँ, लेखुँ जस्तो।।
छहरा सरी इलाम सदा घुमिरहन मन हुने।
सपनामा पनि नेपाल देखुँ, देखुँ जस्तो।।

श्रीअन्तु र कन्याम पनि घुमौ,घुमौ सधैं हुने।
लभ डाँडामा बसि तस्बिर खिचौ, खिचौ जस्तो।।
पाथीभरा देबि पनि पुजौ, पुजौ भईरहने।।
तिर्खा मेट्न माईको पानी पिउँ, पिउँ जस्तो।

पशुपति ,मेघमा चित्रे डुलौ , डुलौ लागिरहने।
मनमोहक सुर्योदय सधै बसौ ,बसौ जस्तो।।
सन्दकपुरले सधै मलाई सुसेलीमा बोलाएझै
पहाडकि रानी तिम्रो जोडी खोजौ, खोजै जस्तो।।

प्रतिकृया दिनुहोस्