‘समाचार र विचारको
साझा चौतारी’




बिरुवाको सुरक्षाः जीवनको रक्षा


सोमबार २६ असोज, २०७७
स्वदेश रिजाल

बिरुवा प्राकृतिक वरदान हो । बिरुवाको महत्व अत्यन्त बहुआयामिक छ । आबश्यकताका दृष्टिले मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म बिरुवाले महत्व राख्दछ । यसको सामाजिक, आर्थिकका अलावा साँस्कृतिक तथा धार्मिक महत्व समेत रहेको छ । हाम्रो खाध श्रोतमा यसको करिब ८० प्रतिशत जतिको योगदान छ भने हामीलाई अत्याबश्यक पर्ने अक्सिजनमा करिब करिब ९९ प्रतिशत योगदान छ ।

महत्व

बिरुवाको प्रजातिमा अनेकन बिबिधता पाईन्छ, जसले वातावरणीय सन्तुलन कायम राख्दछ । यसले वातावरणीय चक्रमा समेत महत्वपूर्ण भूमिका खेल्छ । माटोमा गुणस्तरियता (खाद्यतत्व) कायम राख्ने, उर्वरतालाई बढाउने, बन्यजन्तुको लागि वासस्थान, जलचकको सन्तुलन,आयस्रोतमा वृद्धि, र विविधिकरण, खडेरी बाढिविरुध्दको समाधान, खाधसुरक्षा, भू–क्षयको रोकथाम आदिमा यसले अतुलनीय भूमिका खेलेको छ । हामीले खाने खानाको मुख्य श्रोत बिरुवा र जनावर हुन भने जनावर स्वयं बिरुवामा निर्भर रहन्छ । यस्तै, वासस्थान, लुगा र इन्धनको रुपमा पनि बिरुवाको महत्व रहेको छ। बिरुवाले प्रमूखःत कार्बोन उत्सर्जनमा सन्तुलन गर्दै, हावामा अक्सिजन, कार्बोन–ड्ढाईअक्साइडको अनुपातमा सन्तुलन, तापक्रमको सन्तुलन र वातावरणीय दिगोपन ल्याउने कार्य गर्दछ । त्यस्तै, साँस्कृतिक हिसाबले हेर्दा पनि हाम्रो हिन्दु तथा बौद्ध धर्ममा बिरुवाको स्थान उच्चकोटीमा छ । समी, वर–पिपल, तुलसी, त्रिफला आदि केहि यसका उदाहरणहरु हुन। बिश्वमा बिरुवाको आर्थीक महत्व हेर्दा यसका उत्पादनहरु घास, दाउरा, काठ आदिको मात्रै पनि करिब ४०० बिलिएन अमेरिकी डलर बराबरको योगदान रहेको पाईएको छ। बिरुवाको स्वास्थ्य सुरक्षाबाट मात्रै खाधसुरक्षा सुनिश्चित गर्दै, गरिबीको दरमा कमि ल्याउन सम्ंभव छ। तसर्थ, बिरुवाको महत्व पूर्ण वातावरणीय संरक्षण गर्दै समून्नत आर्थिक विकासका निम्ति आबश्यक छ । हाम्रो जीबनको हरेक कार्यमा बिरुवाको महत्व कति छ भन्ने कुरा थाहा भैसकेको छ । बिरुवाले अरबौ–अरब जीवको जिम्मेबारी लिएर हाम्रो जिन्दगी सहज बनाएको हुनाले यसको सुरक्षा, हेरचाह गर्नु हाम्रो दायीत्व हो ।

चुनौती

बिरुवाले विश्वमा करिब ३०.६ प्रतिशत भाग ओगटेको छ, जुन १९९० ताका ३१.६ प्रतिशत थियो । एक आँकडाले २०१५/१६ मा मात्रै ७३.४ प्रतिशत मिलीएन एक्कड बिरुवा नष्ट भएको पाइएको छ । यसरी बिरुवाको नष्ट हुनुको कारण मानबिय प्रभाव प्रमुख पाईएको छ । सन् २०५० सम्म संसारभर खाधान्नको आवश्यकता झनै बढी हुने अनुमान खाध तथा कृषि संगठन (एफ. ए. ओ.)ले गरेको छ । यसले पनि केहि हदसम्म खाधसुरक्षामा थप चुनौती थपिदिएको छ । बिरुवाको सुरक्षामा देखिएका चुनौतीहरु निम्नानुसारका रहेका छन्ः

१. बन–विनाश : जंगलमा रहेका बिरुवाहरुलाई मानिसले आबश्यकताका साथै औधोगिकिकरण, कृषि विस्तारका निम्ति फँडानी गर्नाले बिरुवाको नष्ट भइरहेको छ ।

२. जलवायु परिवर्तनः वातावरणमा बढदो कार्बोन र घटदो अक्सिजनले बिरुवाको खाना बनाउने प्रक्रिया जसलाई प्रकाश संश्लेषण भनिन्छ, त्यसमाथि नै नराम्रो प्रभाब पारेको छ। अझै विश्वब्यापी रुपमा बढदो तापक्रमले बिरुवाको सामान्य प्रक्रियामै फेरबदल ल्याएको छ ।

३. किरा र रोग : नयाँनयाँ किराको विकास र परम्परागत रुपमा पहिलेबाटै लाग्ने किराले आक्रमणको प्रकृतिलाई बदलिदै जाँदा त्यसले बिरुवामाथि थप संकट पैदा गरेको छ । जंगलमा देखिने मिकानिया, गंधेजस्ता झारले उपयोगी बिरुवाको वृद्धि विकासमा नकरात्मक प्रभाब पारेको छ । नयाँनयाँ किराले बिरुवामाथि आक्रमण गरि सखाप नै पारेको इतिहास अमेरिका, युरोपेली देशहरु र भारतमा पाईएको छ, जुन आफैमा चुनौतिको बिषय बन्न गएको छ । किराहरुले आफ्नो उत्पतिस्थल बाहिर गएर गरेको आक्रमणले भयावह स्थिति ल्याएको छ। हालसालै मकैमा देखिएको फौजीकिरा एक जल्दोबल्दो उदाहरण हो । खाद्य तथा कृषि संगठन ( एफ. ए. ओ)ले तयार गरेको एक रिपोर्टका अनुसार करिबकरिब ४० प्रतिशतभन्दा बढी बिरुवाहरु बार्षिक रुपमा रोग र किराको कारणले घट्दै गएको छन्। यसले नेपालजस्ता विकासोन्मूख देशका जनतामा खाध अभाव, गरिबीमा वृद्धि गर्दै मुख्यतः ग्रामिण क्षेत्रका जनताको जनजीबनमा नराम्रो प्रभाव पारेको पाईएको छ ।

४. आगलागी : कारणबश प्राकृतिक तबरले वा कृतिम रुपले हुने आगलागीले बनविरुवा, जंगली जनावर र मानिसमाथि समस्या थपिदिएको छ। गतवर्ष अस्ट्रेलिया, अमेजन जंगलमा देखिएको आगलागीले बिरुवा र जंगलीजनावरकोअस्तित्वमाथि नै संकट थपिदिएको थियो । यसरी बढ्दो कृतिम प्रभाव र मानबिय हस्तक्षेपका कारण किरा र उपयोगी जीवहरुले समेत प्राकृतिक प्रक्रिया र चक्रमा फेरबदल ल्याई नयाँ प्रवृतिको किराको विकास भई विश्वब्यापी रुपमा अत्यन्त नराम्रो प्रभाब पारेको छ ।बिरुवाको सुरक्षाका उपाय रोग तथा किराको नियन्त्रण र व्यवस्थापन गर्नु बिरुवाको संरक्षणका निम्ति आबश्यक पर्दछ । नियन्त्रणगर्नु भनेको किरा वा रोगजन्य जिवाणुलाई पूर्णतया मार्नु वा फैलन नदिनु हो। विशेषतः नियन्त्रण छोटो समयको लागि उपयुक्त हुन्छ। यो दीर्घकालीन हिसाबले खासै उपयुक्त हुन्न्र। नियन्त्रण रोग वा किराको असर बिरुवामा देखिए पछिबल्ल सुरु गरिन्छ तर व्यवस्थापन भने धेरैपहिला बाट सुरु गरिन्छ ।व्यवस्थापन बिरुवा अनुसार फरक फरक पर्ने हुन्छ । यसमा खासगरि बिरुवाको उत्पति, वातावरण, तापक्रम आदिले प्रभाब पार्दछ । रोग तथा किरा कहाँ, कसरी फैलन सक्छ र त्यसको संम्भाय समाधान खोज्नु नै व्यवस्थापन गर्नु हो । बिरुवाको सुरक्षामा रोग र किराबिरुद्ध लड्नु अत्यन्त गाह्रो बिषय हो। यो आर्थिक हिसाबले केहि महँगो हुनुका साथै वातावरणीय हिसाबले कम सुरक्षित हुन्छ। यसो त रोग र किराको पूर्ण निर्मूलन गर्नु आफैमा असम्भव प्राय कुरा हो। त्यसैले, यसको सन्तुलन कायम राख्न वातावरणमैत्री रोग किरा व्यवस्थापन प्रबिधिको उपयोग गर्नु आबश्यक हुन्छ । बिरुवाको सुरक्षाको लागि उचित संरक्षण पद्धती अपनाउनु पर्दछ । जसमा एकीकृत शत्रुजीव व्यवस्थापन तथा एकीकृत खाद्य तत्व व्यवस्थापनको कार्य हरु पर्दछन्। बिरुवाको सुरक्षा मुख्यतः परम्परागत, एकीकृत तथा प्रान्गारिक तबरले गर्न सकिन्छ । पछिल्लो समय संरक्षित कृषिबाट बिरुवाको सुरक्षा गर्ने तर्फ ध्यान दिन थालीएको छ। परम्परागत कार्यहरुमा खेत जोत्ने, काटेका बालिका ठुटाहरु पोल्ने गरिन्छ । जसले पिराहा जस्ता जीवलाई हटाउने, बिकास एबम प्रसारलाई रोक्ने पर्दछ। खेतबारी र भण्डार क्षेत्रमा राम्ररी सरसफाई गर्नाले पनि हानिकारक जीवको असर कम गर्न सकिन्छ । परम्परागत पद्धतीमा बिरुवालाई हानी पुर्याउने किरा, जीवाणु, विषाणुलाई पूर्णत मार्ने वा हटाउने गरिन्छ ताकी यसबाट क्षति हुन नसकोस बिषादी, झारनाशक, जीवाणु, विषाणुनाशक बिषादीको प्रयोग गरिन्छ। सुरुसुरुमा जनसंख्या कम नै रहेको र प्रबिधि पनि खासै नहुँदा परम्परागत तबरले बिरुवाको संरक्षणमा खासै समस्या थिएन । समयसंगै बढी उत्पादनको लागि उन्नत बिउ, मलखाद, सिंचाई लगायतका प्रबिधिको प्रयोग बढन थाल्यो। अझै थोरै ठाउँमा धेरै उत्पादन लिनको लागि सघन कृषि प्रबिधिको अबलम्बन संगै नयानयाँ विषादीको प्रयोग बढ्न थाल्यो। बढी विषादीको कारण किरामा बिषादी पचाउने क्षमतामा वृद्धि, लक्षित किरा बाहेकमा असर, माटोमा विषादीको अवशेष रहने लगायतका समस्या देखापर्न गई उत्पादनमा हÞास, शत्रु जीवको नियन्त्रणमा समस्या देखिन थालेको छ ।

एकीकृत शत्रुजीव व्यवस्थापन पर्यावरणीय हिसाबले दिगो विधिहरुको संगालो हो। जसले आर्थिक नोक्सानको स्तरलाई नबढाई हनिकारक किरा, रोग, झारपात तथा अन्य चरा, मुसा बाँदर आदिको उचित तबरले व्यवस्थापन गर्दछ। यसलेस्थानिय श्रोतको परिचालनमा जोड दिदै परम्परागत ज्ञानको प्रयोगमा जोड दिन्छ। एकीकृत शत्रुजीव व्यवस्थापन (आई. पी. एम .)ले मित्रजीवको पहिचान गर्दै दिगो कृषि बिकासमा केन्द्रित रहन्छ। आई. पी. एम. स्वस्थ बिरुवा हुर्काउनु, मित्रजीवको सुरक्षा गर्नु, वालीनालीको नियमित अबलोकन गर्नु र कृषकहरुलाई दक्ष बनाउनु गरि यी ४ सिद्धान्तमा आधारित छ। आई. पी. एम. कृषक पाठशाला संचालन गरि विभिन्न तरिकाबाट बालीरबिरुवाको संरक्षण गर्न सकिन्छ |घुम्ती बाली चक्र पछिल्लो समय कृषकहरुले प्रयोगमा वृद्धि ल्याएका छन्, जुन आई. पी. एम.कै एक तरिका हो। जैविक नियन्त्रणमा किराहरुको प्राकतिक शत्रुहरु परजीवी र हिम्सर्क किराको उपयोग गरि किराको संख्या आर्थिक हानी नपुग्ने तह सम्म राख्ने गरिन्छ। बाघे खपटे, लेडीवर्ड, माकुरा, वि. टि., टाइकोग्रामा आदिको जैबिक नियन्त्रणमा उपयोग गरिन्छ । त्यस्तै, बालीकोउचित संरक्षणको लागि मित्र र शत्रुजीव को पहिचान गर्नु पनि आबश्यक हुन्छ। केहि मित्र जीव र शत्रु जीवहरुः

क्र. स मित्र जीव आश्रित जीव

१ बाघ खपटे पतेरो

२ स्त्री स्वभावको किरा फड्के सेतो झिंगा

३ वाटर वग फड्के

४ बारुला फौजी किरा, पात बेरुवा

माकुरा, किर्थो, गाईने किरा आदि मित्रजीवहरु हुन्भने पतेरो, फड्के, गबारो, फौजी किरा आदि शत्रुजीवहरु हुन् । आई. पी. एम.मा रासायनिक बिषादीको पनि प्रयोग गरिन्छ तर मितब्ययी रुपले बिषादी छर्नाले लाभदायक जीव मा कम असर पर्न जान्छ । यसमा किटनाशक बिषादीको साटो कम हानिकारक जैविक बिषादीमा जोड दिईन्छ । प्रतिरोधक बिरुवाको प्रयोग गर्नु अर्को एक महत्वपूर्ण तरिका हो । हुनत प्रतिरोधक बिरुवामा सामान्य भन्दा बढी रोग, किराको आक्रामण देखिन्छ। प्रतिरोधक बिरुवामा रोग किरासंग लड़ने क्षमता बढी हुनेहुदा उत्पादनमा कमि आउदैन। तसर्थ, बिरुवाको सुरक्षामा यो पनि उचित वैकल्पिक उपाय हुन सक्छ । बिश्वका बिभिन्न देश हरुले यसको परिक्षण गरि सफलता समेत पाईसकेका छन्।

प्लान्ट क्वारेणटिन

एक ठाउँ बाट अर्को ठाउँमा किरा र रोगको प्रवेशलाई रोक्ने कानुनी उपाय नै प्लान्ट क्वारेणटिन हो। यसरी रोक्नाले किरा र रोगको विस्तार हुदैन, जसले गर्दा बिरुवाको सुरक्षा हुन्छ । खासगरि एक देश बाट अर्को देशमा सर्न सक्ने संभाय रोग र किरा रोक्न प्लान्ट क्वारेणटिन उपयुक्त हुन्छ । जलबायु मैत्री कृषि तथा पद्धतीको प्रयोग गरि बिरुवाको स्वस्थता कायम राख्न सकिन्छ । कृषिबनको अबधारणा अनुसार खेति गर्ने, पानीकोउचित व्यवस्थापनक लागि आकाशे पानी सँकलन, थोपा सिँचाई, मुहान संरक्षण गर्ने, जलबायु मैत्री उर्जा आदिको अबलम्बन गर्न सकिन्छ । अझै, बिरुवाको सुरक्षाका निम्नानुसारका पूर्व तयारी एवम कार्य गर्न सकिन्छः

१. “बिरुवाको सुरक्षाः जीबनको रक्षा”कोबारेमा जनचेतना फैलाउने ताकी हरेक जनमानसमा माथि भनीएझैँ बिरुवाको सुरक्षा र हाम्रो जीबनको परिपूकता बारेमा महसुस होस्।

२. कृषकहरुलाई एकीकृत शत्रुजीव व्यवस्थापन जस्ता पर्यावरण मैत्री खेति प्रबिधि, रासायनिक मलको कम प्रयोग गर्ने, जैबीक नियन्त्रण र गुणस्तरीय बिउ लगाउन सल्लाह दिने।

३. हरेक देशको नीतिनियमहरु वातावरण केंद्रित हुनुपर्छ भने यसमा सरकारी, गैरसरकारी निकायको पूर्ण सहयोग र सहमति हुनुपर्छ ताकी बिरुवाको स्वस्थकर सुरक्षा गर्नु पर्दछ ।

४. आजका बाबुनानीहरु भनेका भोलिका देशका कर्णधार हुन्। त्यसैले सानै उमेरबाट बिरुवा, वातावरण, प्रकृति आदिको महत्वबारेमा अनिबार्य रुपमा अध्ययन, अध्यापन गराउनु पर्दछ ।

५. देशको सिमाना, हवाईउडान क्षेत्र, एयरपोर्ट, पानिजहाजको पोर्ट लगायतमा अनिबार्य रुपमा बिरुवा ओसारपोसारमा चेकजाच गराउनु पर्छ ।

६ बिकसित राष्ट्रहरुले अविकसित तथा बिकासोन्मुख राष्ट्रलाई बिरुवाको सुरक्षा र संरक्षणका निम्ति सहयोग तथा अनुदान दिनुपर्छ ।

७. हरित सहर, हरित क्रान्ति,कौसी खेति र प्रांगरिक खेति प्रणालीको अबलम्वन गर्न प्रोत्साहित गर्नुपर्छ।

८.जलबायु मैत्री कृषिका विभिन्न तरिकाको प्रयोग, ज्ञानको विस्तार तथा क्षमता अभिबृद्धि गर्नुपर्छ ।

९. प्राकृतिक र कृतिम आगलागी रोक्ने र वृक्षरोपणका कार्य हरु गर्न उत्साहित गर्ने ।krishipatrika/from

प्रतिकृया दिनुहोस्