‘समाचार र विचारको
साझा चौतारी’




आमा बन्दै ‘विवाह’ अभिनेत्री अमृता


एजेन्सी, मुम्बई, 2020/10/13

‘विवाह’ फेम्ड अभिनेत्री अमृता राव र चर्चित रेडियो प्रस्तोता अनमोलको घरमा चाँडै नयाँ सदस्यको आगमन हुने भएको छ । दुवै हालै मुम्बईको खारस्थित एक क्लिनिकबाट बाहिर निस्कँदै देखिएका थिए । तस्विरमा अमृताको बेबी बम्प देखिएको छ । उनको यो तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने दर्शकहरुले अमृता र अनमोललाई बधाई दिएका छन् ।

अमृता राव सिक्रेट जीवन बाँच्न मन पराउँछिन् । उनी आफ्नो नीजि जीवनलाई फिल्म र ग्ल्यामर दुनियाँबाट टाढै राख्छिन् । उनले सन् २०१६ मा अनमोलसँग विवाह गरेकी थिइन् । विवाह गर्नुभन्दा अगाडि उनीहरु ७ वर्ष अफेयरमा थिए भने एकदमै गोप्य रुपमा विवाह गरेका थिए । विवाहपछि पनि अभिनयमा सक्रिय रहेकी अमृताको सुन्दरता र अभिनयको सधैं प्रशंसा हुने गरेको छ ।

अमृता रावले सन् २००२ मा प्रदर्शनमा आएको फिल्म ‘अब के बरस’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, उनलाई ‘विवाह, इश्क-विश्क’ फिल्मबाट पहिचान मिलेको थियो । सुपरहिट फिल्म ‘विवाह’ मा उनको अभिनयलाई दर्शकहरुले अत्याधिक मन पराएका थिए । उनी पछिल्लो पटक अभिनेता नवाजुद्दीन सिद्दकीसँग सन् २०१९ मा फिल्म ‘ठाकरे’ मा देखिएकी थिइन् ।filmykhabar/from

प्रतिकृया दिनुहोस्