‘समाचार र विचारको
साझा चौतारी’




झापाको कनकाई नगरपालिकामा युवकको हत्या


२८ असोज २०७७
बिर्तामोड। झापाको कनकाई नगरपालिकामा एक युवकको हत्या भएको छ ।

कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको शव फेला परेको हो । स्थानीयले बुधवार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

खबर पाउन साथ तत्कालै इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको थियो । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । चौधरीको अनुहारमा धारिलो हतियार प्रहारको चोट रहेको रहेको छ ।

प्रतिकृया दिनुहोस्