‘समाचार र विचारको
साझा चौतारी’




रुसद्वारा कोरोना भाइरसको दोस्रो खोप एपीभ्याककोरोनालाई अनुमति


२९ आश्विन २०७७
मस्को (एजेन्सी)।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा दोस्रो कोरोना भाइरस खोप एपिभ्याककोरोनालाई प्रारम्भिक चरणको परीक्षणपछि स्विकृति दिएको छ । यो खोप साइबेरियन बायोटेक कम्पनीले विकसित गरेको हो । पेप्टाइडमा आधारित यो खोप कोरोनाबाट बच्न दुई पटक दिनु पर्ने छ यसलाई साइबेरिया स्थित वेक्टर इन्स्टिच्युटले बनाएको हो ।

दुई हप्ता अघि यसको पहिलो चरणको अध्ययन पुरा भएपछि अब यसलाई मन्जुरी दिइएको हो । पुटिनले टेलिभिजिनमा दिएको एक बयानमा भने – देशको वायरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टर नोवोसिबिस्क वेक्टरले आज दोस्रो कोरोना भाइरस खाप दर्ता गरेको छ ।

खोपको १ सय ब्यक्तीमा गरिएको सुरुवाटको परीक्षण सफल रहेको पुटिनले बताए । मस्को टाइम्सका अनुसार रुसकी उप प्रधानमन्त्री तटयाना गोलिकोवा र उपभोक्ता सुरक्षा निगरानी संस्थाका प्रमुख अन्ना पोपोवाले पनि उक्त खोप लगाएको राष्ट्रपति पुटिनले जानकारी दिए । यो खोपको दुई महिने परीक्षण चलिरहेको छ र वैज्ञानिकले अहिलेसम्म यसको परिणाम प्रकासित गरेको छैन । गोलिकोवाले देशभरी ४० हजार स्वयंसेवकलाई एपीभ्याककोरोना खोपको अर्को चरणको परीक्षणका लागि चयन गरिने पुटिनलाई जानकारी गराएका थिए ।

डिसेम्बरसम्ममा रुसको तेस्रो कोरोना भाइरस खोपलाई सरकारी अनुमति प्राप्त हुने गोलीकोवाले बताए । उनले भने – एपीभ्याककोरोना खोपको पहिलो ६० हजार डोज चाँडो भन्दा चाँडो तयार गर्ने वोक्टरको योजना रहेको छ ।

 

प्रतिकृया दिनुहोस्