‘समाचार र विचारको
साझा चौतारी’




बालुवाटारमा ओलीले भेटे कर्णालीका प्रतिद्वन्द्धी नेताको समूह, प्रचण्ड गएनन्


१ कार्तिक २०७७
जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका मुख्यमन्त्रीसहित नेकपा नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवैपक्षको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरी निर्णय दिने बताएको बालुवाटार श्रोतले जनाएको छ ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावनै दर्ता गर्न नहुने कुरा प्रस्तावकर्ताहरुलाई बताएका थिए । तर यसको ठोस निर्णाय र कर्णाली प्रदेशको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा अध्यक्ष प्रचण्डसँगको परामर्शपछि मात्र यकिन हुने ओलीको भनाई रहेको छलफलमा सहभागी एक नेताले बताए।

कर्णाली प्रदेशका दुवैपक्षका नेताहरुसँग बस्नुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई बालुवाटार बोलाएका थिए । तर प्रचण्डले दुवैपक्षका कुरा सुनिसकेको भन्दै बालुवाटार जान अस्वीकार गरेका थिए ।

कर्णाली प्रदेशमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले नेताहरुलाई संघीय राजधानी बोलाएपनि औपचारिक रुपमा तिन दिन देखि दुई पक्षसँग कुराकानी हुन सकेको थिएन ।

संघीय राजधानी बोलाएकै दिन प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि नेतृत्वबीचको तित्तताका कारण कर्णालीका नेताहरुसँग औपचारिक भेट गर्न नसकेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्