‘समाचार र विचारको
साझा चौतारी’




सैफले यसरी फिर्ता लिएका थिए ८ सय करोडको महल


एजेन्सी, मुम्बई, 2020/10/18

अभिनेता सैफ अली खानको करोडौं मुल्यको आलिसान पटौदी प्यालेसको बारेमा जो कोही जानकार छन् । सैफ फुर्सदको समयमा परिवारसँग यो प्यालेसमा बस्ने गर्दछन् । उनको पिताको निधन भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । पछि सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । उनले फिल्ममा काम गरेर आठ सय करोडको यो प्यालेस फिर्ता लिएका थिए ।

एक अन्तर्वार्तामा सैफले भनेका छन्, ‘जब पिताको निधन भयो तब पटौदी प्यालेस, नीमराना होटललाई भाडामा दिइएको थियो । अमन र फ्रान्सिस होटल चलाउँथे । फ्रान्सिसको निधन भएपछि मैले पटौदी प्यालेस फिर्ता लिएँ ।’ उनले फिल्ममा कमाएको पैसाले यो प्यालेस फिर्ता लिएको बताएका छन् । हालै यही प्यालेसमा सैफ र करीनाले विवाहको ८औं वर्षगाँठ सेलिब्रेट गरेका थिए ।

सैफको पटौदी प्यालेस हरियाणाको गुरुग्राममा अवस्थित छ । यसलाई दुनियाँको सबैभन्दा सुन्दर महलमध्ये एक मानिन्छ । १० एकडमा फैलिएको यो प्यालेसमा सात ड्रेसिङ रूम, सात बेडरूम, सात बिलियर्ड रूम, डाइनिङ रूम र ड्रइङ रूमसहित १ सय ५० वटा कोठा छन् । यो प्यालेसमा ‘मंगल पान्डे, वीर जारा, मेरे ब्रदर की दुल्हन’ लगायतका फिल्म समेत छायांकन भएको छ ।filmykhabar/from

प्रतिकृया दिनुहोस्