‘समाचार र विचारको
साझा चौतारी’




विवादका ‘सुल्तान’ सलमान, तर स्टारडम उस्तै


एजेन्सी, मुम्बई, 2020/10/24
बलिउडका दबंग खान उर्फ सलमान खान आफ्नो ‘ब्याड ब्वाई’ को छविबाट बाहिर आइसकेका छन् । तर, इतिहासमा केही गल्तीका कारण आजसम्म उनी कोर्टको चक्कर काटिरहेका छन् । २०७४ सालमा २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्धामा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । तर, उनी केही दिनमा धरौटीमा छुटे । उनले यसअघि पनि चार पटक जेल जीवन विताएका थिए ।

यस्ता छन् सलमान खानका विवादका घटना :-
कालो हरिणको शिकार
१.सलमानले १९९८ मा जोधपुरको नजिकको जंगलमा एक विलुप्तप्राय: दुई कालो हरिण मारेका थिए । त्यसबेला उनी सूरज बडजात्याको फिल्म ‘हम साथ साथ हे’ को सुटिङ गरिरहेका थिए ।

२. मुद्दा दर्ता गराएका व्यक्तिका अनुसार, सलमान र फिल्ममा उनका साथी कलाकार तब्बू, सैफ अली खान, नीलम र सोनाली बेन्द्रे एक जिपबाट बाहिर आए । सलमानले गाडी चलाइरहेका थिए र सोही बेला उनले कालो हरिणको एक झुन्ड देखे र तीमध्ये दुईलाई गोली हाने । गोली लागेका दुई कालो हरिणको तत्कालै मृत्यु भयो ।

३. यो मुद्दाका आरोपी चार अन्यलाई जोधपुरको अदालतले क्लिन चिट दिएको छ । अदालतले सलमानलाई भने ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, उनी केही दिनमा नै धरौटीमा छुटे । यसअगाडि १९९८, २००६ र २००७ मा कूल १८ दिन उनी शिकारको मामलामा जेल बसेका थिए।

हिट एण्ड रन केस
१. मुम्बईको बान्द्रामा २८ सेप्टेम्बर २००२ मा हिट एण्ड रन मामलामा सलमान केही समय मुम्बईको जेलमा बस्नु परेको थियो । त्यसबेला उनको ल्याण्ड क्रूजरले बान्द्रामा हिल रोडको नजिक फुटपाथमा सुतिरहेका केही व्यक्तिलाई कुल्चिएको थियो, जसमा एक व्यक्तिको मृत्यु र चार घाईते भएका थिए ।

२. यो मामला २००२ देखि २०१५ सम्म चल्यो । त्यसबेला तल्लो अदालतले ६ मेको उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसपछि जुलाईमा बम्बई हाईकोर्टमा सुनवाई भयो । १० डिसेम्बरमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

ऐश्वर्या राय उत्पीडन मामला
१. सन् २००२ मा अभिनेत्री ऐश्वर्या रायले उनीमाथी उत्पीडनको आरोप लगाएकी थिइन् र सोही वर्षको मार्चमा उनीहरु एकअर्काबाट अलग भएका थिए । फिल्म ‘हम दिल दे चुके सनम’ को छायांकनको क्रममा उनीहरु एकअर्कासँग नजिक भएका थिए र विस्तारै प्रेममा डुबेका थिए ।

२. ऐश्वर्याले आरोप लगाएकी थिइन् कि अलग भएपनि सलमान लगातार उनलाई फोन गर्दथे र मदिरा सेवन गरेर उनको घरको ढोका ढकढक्याउँथे । उनले उनीमाथी ‘शारीरिक, मौखिक र भावनात्मक’ दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

पाकिस्तानी च्यानल इन्टरभ्यू विवाद
१. सधैं कठिनाइबाट घेरिँदै आएका सलमानको तब जोडदार आलोचना भएको थियो जब उनले एक पाकिस्तानी च्यानललाई दिएको अन्तर्वार्ताको क्रममा ‘२६…११’ मा मुम्बई आतंकवादी हमलालाई यसकारण बढाई-चढाई गरेर पेश गरिएको थियो कि त्यसमा धनाड्य मानिसलाई निशाना बनाइएको थियो ।

२. पछि ट्विटरमा उनले लेखे, ‘हरेक व्यक्तिको एउटै मूल्य छ र आतंकवादको कृत्य दुनियाँबाट कसैलाई पनि माफ गर्न सकिन्नँ । चाहे त्यो ९…११ र २६…११ ।’

विवादका बीच पनि स्टारडम कायम
१. पछिल्लो केही वर्षदेखि उनले विभिन्न च्यारिटी कार्यक्रम सुरु गरेका छन् । सन् २००७ मा उनले ‘बीइंग ह्यूमन’ को गठन गरेका थिए । रोचक कुरा के छ भने कानुनी विवादका बीच पनि उनको स्टारडममा भने रत्ति कमी आएको छैन ।

२. वर्ष १९८८ मा ‘बीवी हो तो ऐसी’ फिल्मबाट बलिउडमा पाइला राखेका सलमान करीब तीन दशकदेखि फिल्म क्षेत्रमा सबैभन्दा धेरै कमाई गर्ने स्टारको लिस्टमा सामेल छन् ।

३. पछिल्लो एक दशकमा उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा ठूलो रेकर्ड राखेको छ । ‘दबंग’, ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘टाइगर’ सहित उनका प्रायः फिल्मले २ सय करोडभन्दा धेरैको विजनेश गरेका छन् । कयौं युवतीसँगको प्रेममा परेपनि उनी अहिलेसम्म अविवाहित नै छन् ।filmykhabar/from

प्रतिकृया दिनुहोस्