‘समाचार र विचारको
साझा चौतारी’




रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण


१३ कार्तिक २०७७
काठमाडौं ।

पत्रकार रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौुं, उनले लेखेका छन् ।जनादेश,

प्रतिकृया दिनुहोस्