‘समाचार र विचारको
साझा चौतारी’




घामको झुल्का


कविता

पोखीएर घामको झुल्का, धरा सबै छर्ने ।
आशा शितको गरे पनि, तुषारो भई झर्ने।
उन्नतिशील हुँदा बखत, धुनी जस्तै जल्ने ।
दुस्खद क्षणमै मानिसको, परिचय खुल्ने।।

पलभरको जिन्दगीमा ,अथाह दुस्ख खेप्ने।
हजार नयन जोडी हेर्दा ,एस्तै कर्म देख्ने ।।
ब्यथाहरु नगुम्सीयाउने, झरना जस्तै पोख्ने।
सुधार गर्न सृजनाको, तराजुले जोख्ने।।

सतहिमा गहिरिदाँ ,भोगाई आफै बोल्ने ।
करोड तारा आकाशमा, सुर्य मात्र पोल्ने।।
अ्म्मलिको नशा जस्तै, लत बस्यो पोख्ने।
साश्वत सत्य परिवेशकै , घट्नाहरु लेख्ने।।

चिन्ताले नै चिता पुर्याइ, छिन् मै जलाउँने।।
परिवर्तनको चाहना सुझौ, कलम चलाउँने।
सुक्या वृक्ष सिंचाई गरे, असंभव छ पलाउँनै।
बिद्याबिहिन मुड्स्तुलाई ,सकिदैन गलाउनै।।

पोखीएर घामको झुल्का, धरा सबै छर्ने ।
आशा शितको गरेपनि तुषारो भै झर्ने ।।
उन्नती हुँदा बखत , धुनि सरह जल्ने ।
दुस्खद क्षणमै मानिसको परिचय खुल्ने।।

प्रतिकृया दिनुहोस्