‘समाचार र विचारको
साझा चौतारी’




एउटा मान्छे


जी एन शर्मा
कविता

एउटा मान्छे निरन्तर जनताको पक्षमा उभिएको मान्छे
सत्यलाई सत्य भन्ने त्यो मान्छे
जनताको पक्षमा सधै उभिएको मान्छे
मेरो दाई पनि साथी पनि
कहिले निरन्तरको यात्राको यात्री त्यो मान्छे
उत्तिकै रमाईलो उस्तै भावुक बन्ने मान्छे
मेरो दाई पनि मिल्ने साथी जस्तो त्यो मान्छे
नथाक्ने , न गल्ने खम्बा जस्तो त्यो मान्छे
अब हुन्छ त संझनामा
संझनाका तरेलीहरुमा
मेरो प्यारो दाई
सधै संझने छ मेरो मनले
संझिरहने छु तपाईलाई
हाम्रा पवित्र भेटका तरेलीहरुसँग
मनले त सधै संझने छु
म जस्तै अरु धेरै धेरैले संझनेछन्
मनले त मान्दैन तर आज भन्नु परेको छ
अलबिदा ! मेरो दाई मेरो साथी

प्रतिकृया दिनुहोस्