खेलकुद

रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो

कार्तिक ३०, २०७७

एजेन्सी – कप्तान सर्जियो रामोसले कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिगको समूह ए४ मा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका रामोसले खेलका दौरान दुई पेनाल्टी मिस गरे । रियल म्याड्रिड र स्पेनका लागि यसअघिका २५ पेनाल्टीमा कुनै मिस नगरेका रामोसले शनिबार भने बिर्सनलायक प्रदर्शन गरे ।

५७ औं मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए । तर ८० औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले ठम्याए र बचाउन सफल रहे । दुवै पेनाल्टी चुअकाउनुअघि स्विटजरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो ।

घरेलु टोलीले २६ औं मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । ७९ औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि निको एलेभेदीले दोस्रो पहेंलो कार्ड पाएका थिए । रामोसले उक्त पेनाल्टीमा गोल गर्न नसकेपनि स्पेनले एक खेलाडी बढी रहेको फाइदा भने उठायो ।

खेलको ८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनको लाज बचाए । यस बराबरीले स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने जीवित नै छ । स्पेन ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको जर्मनीको ९ अंक छ । अब मंगलबार हुने अन्तिम खेलमा स्पेनले जर्मनीलाई हराए अन्तिम चरणमा प्रवेश गर्नेछ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button