‘समाचार र विचारको
साझा चौतारी’




म के राम्रो ?


म के राम्रो र के नराम्रो नै,पग्रेल्न नसके म केरु राम्रो।
छ पृथ्वी कयौ स्थान शुन्य , भन्छु म सब थोक हाम्रो।।
बाली र खेत अझ भनौ, महल कति झोपडि नै राम्रो।
रेशमी र मखमल भन्दा,झन खद्दर बेरेको लास राम्रो।।
शरिरको मोह अगाध कति ,सन्तान झन प्यारो राम्रो।
भैदिओस लाग्ने अजम्बरी , आखिर सबै खरानी हाम्रो।
बखतमा पुर्खाको देश राम्रो , नेपाली भाषा ,भेष राम्रो।
चौबन्दि चोली र सारीमा , सजिएकि गाउँले नारी राम्रो।
माउन्ट केटु भन्दा नै , मेरै देशको सगरमाथा राम्रो।
थरि, थरी झन्डा हुँदैमा ,मोह नै नेपाली झन्डा हाम्रो।।
दुस्खि नेपाली मन भर्ने , उद्दार गर्ने हात झन राम्रो।
जननि र जन्म भुमिनै , मन कोठरमा राखे अझ राम्रो।।
मुर्चुङ्गा र बिनायो सँगै , बजेको बाँसुरी धुन राम्रो।
सयपत्री फुल गलामै, खुलेको अधर औधि राम्रो।।
मोनालिसा झै लाग्ने, नेपाली आकाश अथाह हाम्रो।
त्यहि भित्र उम्रेका पालुवा,अजर,अमर होस् झन राम्रो।।
म के राम्रो र के नराम्रो पग्रेल्न, नसके म केरु राम्रो।
छ पृथ्वी कयौ स्थान शुन्य ,भन्छु म सब थोक हाम्रो।
बाली र्खेत अझ भनौ,महल कति झोपडि नै राम्रो।
रेशमी र मखमल भन्दा, झन खद्दर बेरेको लास राम्रो।

प्रतिकृया दिनुहोस्