‘समाचार र विचारको
साझा चौतारी’




नेपाल संवत् र शंखधर साख्वा


१ मंसिर २०७७

रत्ना चवाल

नेपाल संवत्को शुरुआत ईसं ८७९ अक्टोबर २० तारिख बिहीबार, वि.सं ९३६, शक संवत्् ८०१ कात्तिक शुक्ल प्रतिपदा, लिच्छवी संवत् ८०२, बुसं १४२४ र मानदेव संवत् ३०४ मा भएको हो।

शंखधर साख्वाले नेपाल मण्डलका राज्यबाट गरिबले लिएको ऋण मोचन गरेको खुसीयालीमा नेपाल संवत् चलाइएको मानिन्छ। यस संवत््लाई कतै देश संवत््, कतै साख्वा संवत्् र कतै शंखधरकृत संवत्् उल्लेख गरिएको पाइन्छ। इतिहासविद्का अनुसार लिच्छवी संवत््लाई प्रतिस्थापन गर्दै नेपाल संवत्् प्रचलनमा आएको हो। तैपनि, त्यसताका यस संवत््ले गति लिन नसकेको र केही मात्र प्रयोगमा आएको थियो।

मल्ल वंशले नेपाल मण्डलमा राज्य गर्न थालेपछि यसको प्रयोग बढी भएको तर्क इतिहासविद्को रहँदै आएको छ। त्यसैले, नेपाल संवत्् प्रयोगको दृष्टिले मल्लकाललाई स्वर्ण काल मानिन्छ। मल्लकालमा यो संवत्् राजकीयरूपमै प्रयोग भएको थियो।

इतिहासविद् एवं संस्कृतिकर्मी ओमप्रसाद धौभडेलका अनुसार किंवदन्तीलाई मात्रै आधार लिने इतिहासविद्को प्रवृत्ति एवं चलनले नेपाल संवत्् र शंखधरमाथि थप अन्याय हुनेछ। वैज्ञानिक दृष्टिकोणले अध्ययन गर्ने हो भने शंखधरले सुनको माइनिङ गरेका हुन्। सुनकोसीका ढुंगामा सुनको तत्व भएजस्तै कुनै खोलाको उद्गमको चट्टानमा सुन तत्व भएको हुनुपर्छ– उनले भने।

अर्का इतिहासविद् भुवनलाल श्रेष्ठको एक लेखअनुसार सुन वा सुनखानी भूगर्भभित्र अवस्थित चट्टानमा अनेक रासायनिक प्रतिक्रिया भएर बन्छ। प्राकृतिक प्रक्रियाले चट्टान चिरिएर वा चर्किएर अथवा नचिरिए पनि त्यसको भित्रभित्रै निस्केको विभिन्न रासायनिक पदार्थ धर्सैधर्सा भएर फैलिन्छ। त्यस्ता चट्टान वा धर्साभित्र विभिन्न रासायनिक तरल पदार्थ लाखौं वर्षको ताप र चाप हुन सक्छ। यस्ता प्रक्रियाबाट नै सुनखानी बन्ने हो।

कर्णाली नदीका सहायक नदी कतिमा त आजसम्म बालुवामा सुन खोजिँदै छ, भेट्टाइँदै छ पनि। काठमाडांै उपत्यकाको पूर्वतिर हिमालयबाट बगेर आउने एउटा नदीको नाउँ ‘सुनकोसी’ रहेकै छ। त्यस्तै, तामाकोसी र लिखु नदी छन्। दोलखामा सुनखानी भन्ने ठाउँ छ, जहाँबाट पहिले सुन झिकिन्थ्यो। विनाकारण त्यस्तो नाउँ रहँदैन।
नेपाल संवत् र शंखधरसँग सम्बन्धित भनिएको काठमाडौं विष्णुमती लखु तीर्थ र तीर्थसँगै शंखधरले स्थापना गरेको भनिएको बौद्ध चैत्यको अध्ययन अनुसन्धान नहुनु, शंखधर भनिएको पशुपति दक्षिण ढोकाभित्रको शालिकको कार्बन जाँच नहुनु, र ऋणमोचन गर्दा हिसाब गरिएको भनिएको सिनामंगलस्थित ढुंगा (शिला)को ऐतिहासिक व्याख्या नहुँदा नेपाल संवत् र शंखधरबारे अन्योल बढाएको छ। यस्ता अन्योल चिर्नु राज्यको दायित्व हो।

अशुभ अंकका कारण नेपाल संवत्
नेपाल संवत्् शुरू हुनुअघि लिच्छवी संवत् चलनचल्तीमा रहेको थियो। लिच्छवी शासक ८ अंकलाई अशुभ मान्थे। त्यसैले, ८०१ सम्म पुगेको संवत्लाई पुनः १ देखि शुरू गर्ने क्रममा नेपाल संवत्् शुरू भएको मान्ने पनि छन्। तर, नेपाल संवत्् शुरू हुँदा लिच्छवी संवत्् ८०१ नभई ८०२ भएको इतिहासविद् बताउँछन्। उनीहरूले मान्ने लिच्छवी संवत्् पनि आयातित संवत् नै थियो। तर, विक्रम संवत्् सूर्यमानअनुसार गणना हुन्छ भने लिच्छवी संवत् चन्द्रमानअनुसार।

यसरी इतिहासविद्हरू शंखधर साख्वा र नेपाल संवत््बारे विस्तृत अध्ययन अनुसन्धानको आवश्यकतामा जोड दिए पनि नेपाल संवत्लाई मौलिक संवत् भएकोले यसको प्रयोगमा राज्यले अग्रसरता लिनुपर्ने बताउँछन्। शंखधर साख्वालाई राष्ट्रिय विभूति र नेपाल संवत््लाई राष्ट्रिय संवत्को मान्यता दिइसकेपछि त्यसैअनुसार राज्यले शंखधरबारे थप अध्ययन र अनुसन्धान तथा नेपाल संवत् व्यवहारमा प्रयोग गर्नुपर्ने उनीहरूको तर्क छ।
शंखधरको पहिलो प्रतिचित्र

शंखधर साख्वा नेपाल संवत््को प्रणेता र संस्थापकको रूपमा प्रख्यात भए तापनि शंखधर कस्तो व्यक्ति भन्ने देख्न पाइएको छैन। शंखधरको शिलामूर्ति पशुपतिनाथको दक्षिण ढोकाको उन्मुक्त भैरवको बाहिर परिसरमा छ भन्ने प्रचार भइरह्यो। उत्सुक हुनेहरू पशुपति दर्शन गर्न जाँदा हेर्न पनि गए। यस्तो अवस्थामा थिमीको ल्यायम्ह पुचःले सराहनीय काम ग¥यो। त्यो के हो भने शंखधर साख्वाको प्रतिचित्र राखेर भित्तेपात्रो प्रकाशन ग¥यो। नेपाल संवत््को भित्तेपात्रो योभन्दा पहिले प्रकाशन हुन्थ्यो तर शंखधर साख्वाको प्रतिचित्र राखी प्रकाशन गरिएको यो नै पहिलो थियो। यो प्रतिचित्र तयार गर्न कलाकार वत्सगोपाल वैद्यले पशुपतिभित्र बाहिर गरेर मात्र तयार गरेको स्मरणीय छ। हाल शंखधरको सो शिलामूर्ति पशुपतिमा अरू प्रतिमाहरूको पहिलो पंक्तिमा राखिएको छ।

शंखधर पार्क
किंवदन्तीअनुसार विष्णुमती खोला र शंखधर साख्वाको नाम जोडिएको छ। विष्णुमती खोलाको किनारमा लखुतीर्थ पर्छ। जहाँ भक्तपुरका तत्कालीन राजाले भरियालाई सुन हुने बालुवा लिन पठाएका थिए। त्यहीं लखुतीर्थको ५ सय मिटर दक्षिणपट्टि विष्णुमतीको किनारमा बनाइएको पार्कको नाम शंखधर पार्क भनी नामकरण गरिएको छ।

लखु फल्चा
काठमाडौंको मरुटोलबाट छ्वासपाः भएर रामघाटतिर जाने बाटो छेउ एउटा दबुजस्तो ठाउँ छ। यो ठाउँमा पहिले पाटी थियो, जसलाई लखु फल्चा भनिन्छ। भक्तपुरका राजाले सुवर्ण मुहूर्तमा लखुतीर्थमा लिन पठाएको सुन हुने बालुवा यही पाटीमा भरियाहरूले बिसाएका थिए र सोही स्थानमा भरियाहरूलाई फकाइ शंखधर साख्वाले आफ्नो घर इलाछेँमा बालुवा ओसार्न लगाएको मानिन्छ। यस अर्थले त्यस पाटीको ऐतिहासिक महŒव देखिन्छ। पाटीको नाम लखु फल्चा भएकाले पनि लुँकुको अपभ्रंश भई लखु भएको अनुमान गर्न सकिन्छ। नेपाल संवत्् र शंखधरको नाम प्रचार हुनुअघिदेखि यस पाटीको नाम लखु फल्चा रहेको त्यहाँका वयोवृद्धहरू बताउँछन्।

राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान
· शंखधर साख्वालाई चिनारी गराउने क्रममा विभिन्न अभिलेख, शिलालेख तथा शिलापत्रहरूको अध्ययन अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा शंखधर साख्वाको प्रतिचित्रलाई मध्यपुर थिमीस्थित ल्यायम्ह पुचःले सर्वप्रथम भित्तेपात्रोमार्फत प्रचार प्रसार।
· नेपाल संवत् ११२० (वि.सं २०५६)मा मंसिर २ गते प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्बाट राष्ट्रिय विभूति घोषणा।
· नेपाल संवत् ११२० (वि.सं २०५६)मा सालमा मध्यपुर थिमी नगरपालिकाबाट नयाँ थिमीचोकलाई शंखधरचोक नामकरण।
· नेपाल संवत् ११२२ (वि. सं २०५८)मा कछलाथ्व पारुमा शंखधर चोकमा शंखधर साख्वाको प्रतिमा स्थापना।
· नेपाल संवत् ११२२ (वि.सं २०५८)मा कछलाथ्व पारुमा राष्ट्रिय विभूति शंखधर साख्वाको हुलाक टिकट प्रकाशन।
· नेपाल संवत् ११२२ (वि. सं २०५८)मा राष्ट्रिय विभूति शंखधरको सिक्का प्रकाशन।
· नेपाल संवत् ११२५ (वि.सं २०६२)मा मध्यपुर थिमीस्थित शंखधर चोकमा सबै समाजसेवी, बुद्धिजीवी, भद्रभलादमी र राजनीतिज्ञ मिलेर राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान स्थापना गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता।
· नेपाल संवत् ११२७ (वि.सं २०६४) असोज ३० गते राष्ट्रिय विभूति शंखधर साख्वाको बारेमा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि प्रतिष्ठानमार्फत शंखधर साख्वासम्बन्धी वेबसाइटको व्यवस्था।
· नेपाल संवत् ११२७ (वि.सं २०६४) सालको माल्यार्पणको अवसरमा स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट मन्त्रीहरूको निजी लेटरप्याडमा नेपाल संवत् उल्लेख गर्ने घोषणा।
· नेपाल संवत् ११२८ (वि.सं २०६५) भदौ १६ गते राष्ट्रिय क्यालेन्डरमा नेपाल संवत्को प्रयोगबारे अन्तक्र्रिया गोष्ठी सम्पन्न।
· नेपाल संवत् ११२८ (वि.सं २०६५)मा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा।
· नेपाल संवत् ११२० (वि.सं २०६७)देखि राष्ट्रिय विभूति शंखधर साख्वाको बारेमा पाठ्यपुस्तकको पाठ्यक्रममा समावेश।
· शंखधर साख्वाको नामबाट शंखधर चोक, शंखधर स्कुल, शंखधर सहकारी, शंखधर पार्टी प्यालेसको नामकरण भई थप प्रचार–प्रसारमा मद्दत पुगेको।
· नेपाल संवत् ११३२ (२०६९)मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट यसको व्यापक प्रचार–प्रसारका लागि नेपाल सरकारको राष्ट्रिय क्यालेन्डर छपाइ वितरण ।
· राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको नाममा १६ लाख ५० हजार रुपियाँको अक्षय कोष स्थापना। उक्त अक्षय कोष रकम ५० लाख रुपियाँ पु¥याउन विभिन्न सरकारी वा गैरसरकारी निकायमा रकम संकलन कार्य जारी रहेको।
· नेपाल संवत् ११३१ (२०६८)मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट नेपाल राष्ट्र र नेपालीको मौलिक संवत््् संवत्लाई नेपाल सरकारको व्यावहारिक प्रयोगमा ल्याउन श्री पद्मरत्न तुलाधर, श्री हरिनारायण मल्ल र श्री कुमार योञ्जनको कार्यदल गठन।

गर्नुपर्ने थप काम
क) नेपाल संवत् ११३१ (२०६८)मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट नेपाल राष्ट्र र नेपालीको मौलिक संवत्लाई नेपाल सरकारको व्यावहारिक प्रयोगमा ल्याउन पद्मरत्न तुलाधर, हरिनारायण मल्ल र कुमार योञ्जनको कार्यदलबाट प्रस्तुत प्रतिवेदन सार्वजनिक गरी नेपाल संवत्लाई प्रचलनमा ल्याउन उच्चस्तरीय समिति गठन हुनुपर्ने।
ख) राष्ट्रिय विभूति शंखधर साख्वाको बारेमा हालसम्मको अध्ययन अनुसन्धानबाट भएका उपलब्धि र पछि आउने सामग्रीलाई भविष्यका पुस्तामा जानकारीका लागि सुरक्षित गर्न संग्रहालयको स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने।newsofnepal/from

स्रोत ः राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान
मध्यपुर थिमी, भक्तपुर

प्रतिकृया दिनुहोस्