‘समाचार र विचारको
साझा चौतारी’




धर्मीले गर्ने काम


ईसाहाक सेन्च्यूरी
मानिसले जानेर हो या नजानेर हो, बुझ पचाएको देख्दा अचम्म लाग्छ । मुखले भन्छन्, परपूर्वकाल देखि मित्रता रोटी, बेटी, भाई, भाईको सम्बन्धको कुरा गर्छन् र व्यवहारमा खै त ? धर्मी कर्म एउटै, रितिरिवाज एउटै भनी भन्दछन् र नेपाल चाँहि धर्म र मन्दिरै मन्दिरले भरिएको भनि पशुपतिनाथ, मुक्तिनाथ, मानसरोवर छ भनि दर्शन गर्न आउँछन्, खदा र अविर लाएर आनन्द भई मिठा मिठा भाषण दिनछन् र फर्कन्छन् । केही मानिसहरु नेपाल चाहि हिन्दु राष्ट्र मात्र भएको चाहान्छन् । यिनीहरुले इसाई र मुस्लीमलाई तिनीहरु भन्दा शक्ति र भक्ति हाम्रो ठुलो हो भनि भन्ने गरेको पनि सुनिन्छ । तर ,मुस्लीमहरुले उनीहरुको नमाज पढ्दा पश्चिम पट्टि फरकेर निउरन्छन् भुईमा र उनीहरु पूर्व पट्टि र्फकेर खाली भुईमा भुलेर पनि दिशा, पिसाब गर्दैनन्, यति सचेत भएको देखिन्छ । तर हाम्रो छिमेकी देशमा सम्माननीय प्रधानमन्त्री नेरेन्द्र मोदी आफैलाई कठोर हिन्दुवादी ठान्छन् । र सिप सेना द्धारा धर्मको रक्षाको लागि सल्लाह परामर्श लिने दिने गर्छन् । धर्मको रक्षाको लागि एकातिर भने, एक अर्का तिर नेपाल तर्फ आर्मी सेना, पुलिस र्फकाई गोली ताक्छन् । र, मन्दिरै मन्दिरले भरिएको नेपाली भुमिमा आई माटो थाहा नपाई ठाउँ ठाउँबाट कुटु कुटु काटेको पाईन्छ । हामी नेपालीहरुमा युद्ध गर्ने शक्ति क्षमता छैन, माहत्मा गान्धीको उपदेश एक गालामा हेर्कायो भने अर्को गाला थापिदेउ भनेको उपदेश चटकै विर्सीएको त होइन ? यसैले नेपालीहरुलाई हेपाह पनि आफुले दर्शन गरेको गएको ईश्वरको श्रद्धा गर्दै नेपाल तिर तोप र बन्दुक नताके कति राम्रो मानिने थियो ? या ठानीने थियो ? मानिसको त तपाईलाई के डर र कमसे कम तपाईले मानेको ईश्वरको डर माने पनि हुन्थ्यीयो नि, के नेपालीको भुमि भारतको भन्दा ठुलो छ र ? भारतीय नागरिकहरु भारतको भूमिमा अटेन्न या, खान पुगेन? अखिरी यत्रो लोभ किन ? संसारमा केहि मानिस मर्दैन र ? जिउँदो हुँदा जे जस्तो गरे पनि मरे पछि हामीले ईश्वरलाई हिसाब दिनु पर्छ ।

म इसाई भएँँ त के बिराए ? कसलाई हानी पु¥याएँ ? अथवा कसलाई हामीले हानी पु¥यायौँ ? नेपाली नागरिक भएर राज्यलाई कुन पाटोमा असहयोग पु¥यायौ ? कर तिरेको छौ, राजस्व तिरेको छौ, कसको पद खोसिदिएको छाँै र, न त धर्मी हो भन्दै गुठीको जग्गा हडपेको छौ, न त सरकारी भुमिहरु अतिव्रmमण गरको छौ, न त हामीले कहि लुटेका छौ, न त आन्दोलन गरेर राज्यको कानून तोडेका छाँै । र, पनि यो देशमा जन्मी, हुर्की, बढी आई रहदा केहीहरुको नजरमा इसाईहरु काउछो र काँडा झै ठान्दछन्, मूल्यहीन, बेकार बस्तु ठानी इसाईहरुलाई अपमान र तिरस्कारको नजरले हेर्दछन् । आखिर किन ? नजानेर, नबुझेर, या जानेरै हो, मुल्याकन गर्ने क्षमता नभएर, आखिरी मानव मानवमा किन यत्रो अपमान ? ईश्वरले दिएको बुद्धिमा या आफ्नै बुद्धिमा, आफु निर्दोष भएर दोषी भएर । कुनै पनि मानिसको मृत्यु पछि दाह संस्कार एक अर्को सँग मिलेर त गर्न सक्छौँ । तर, मृतक आत्मालाई स्वर्ग वा नरक पठाउने क्षमता मानिस सँग छैन, न त मानिसको प्राणलाई सधैँ भरि हामीले समालेर राख्न सक्छाँै । जुन परमेश्वरले मानिसको आत्मा समालेर राख्न सन्छन् भन्ने आशामा विश्वास केहि मात्र मानिसहरुले गर्छन् । छानेर विश्वास गरेका छन् । यति छान्न पनि नपाउनु ? आज संसारमा मानिस आफै आत्माका न्यायधिस बन्न खोजछन् र मिडिया तिर नी एक तर्फी बहस गर्छन् । र आफैलाई एकलाई दौडमा राखी प्रतिस्पर्धा गर्छन् । र, पहिलो भएको घोषणा गर्छन् । अन्त्यमा जसरी मानिस जिवित रहँदा जगतलाई हेर्ने आफ्नै खालको दुष्टिकोण हुन्छ, त्यसरी नै आफ्नो जिवनलाई आफुले विश्वास गरेको ईश्वरमा समपर्ण गर्नु कुनै अपराध हो त ?(यो लेखकको ब्यक्तिगत विचार हो)

प्रतिकृया दिनुहोस्