‘समाचार र विचारको
साझा चौतारी’




विश्वमा एकदिनमा थपिए झण्डै ६ लाख कोरोना संक्रमित


५ मंसिर २०७७
एजेन्सी ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ४४ हजार ३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यी हुन् बढी संक्रमित र मृत्यु हुने विश्वका १० मुलुक

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्याका हिसाबले कोरोनाबाट बढी प्रभावित १० मुलुकमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, इटाली र कोलम्बिया रहेका छन्।

संक्रमितको संख्या अमेरिकामा १ करोड १६ लाख ८९ हजार ५ सय ४५, भारतमा ८९ लाख ५८ हजार ४ सय ८३, ब्राजिलमा ५९ लाख ४५ हजार ८ सय ४९, फ्रान्समा २१ लाख ३६ हजार ८ सय ६७, रुसमा १९ लाख ९८ हजार ९ सय ६६, स्पेनमा १५ लाख ४१ हजार ५ सय ७४, बेलायतमा १४ लाख ५६ हजार ९ सय ४०, इटालीमा १३ लाख ८ हजार ५ सय २८ र कोलम्बियामा १२ लाख २५ हजार ४ सय ९० रहेको छ।

यस्तै, मृत्यु हुनेको संख्याका हिसाबले बढी प्रभावित १० मुलुकमा अमेरिका नै पहिलो नम्बरमा रहेको छ। अमेरिकामा २ लाख ५२ हजार २ सय ९०, ब्राजिलमा १ लाख ६७ हजार ४ सय ५५, भारतमा १ लाख ३१ हजार ५ सय ७८, मेक्सिकोमा ९९ हजार ५ सय २८, बेलायतमा ५३ हजार ८ सय ७०, इटालीमा ४७ हजार ८ सय ७०, फ्रान्समा ४७ हजार २ सय १, इरानमा ४३ हजार ४ सय १७, स्पेनमा ४२ हजार २ सय ९१ र अर्जेन्टिनामा ३८ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्