खेलकुद

लिड्ससँग आर्सनलको बराबरी

मंसिर ८, २०७७

एजेन्सी – १० खेलाडीमा समेटिएको आर्सनल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ ।

एलान रोड लिड्स वेस्ट योर्कसायरमा आइतबार राति भएको खेलमा पाहुना टोली आर्सनलले खेलको १०औं मिनेटमा आक्रमण बुनेको थियो । ड्यानिल सेवालोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

१२औं मिनेटमा प्याट्रिक बामफोर्डको सिक्स यार्ड बक्सबाट गरेको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले बचाउदै लिड्सको अग्रता टारे । २१औं मिनेटमा निकोलस पेपेको प्रहार क्रसबारबाट थोरै बाहिरियो । २८औं मिनेटमा राफिन्हा तथा ३०औं मिनेटमा बामफोर्ड चुक्दा लिड्सले अग्रता लिने सकेन ।

५१औं मिनेटमा एलिओस्कीलाई फल गरेपछि निकोलस पेपे सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिन पुग्यो । ६१औं मिनेटमा कप्तान पिएरे इमरिक औवामियाङको प्रहार गोलरक्षक इलान मेसलियरको हातमा पुग्यो ।

७८औं मिनेटमा रोड्रिगोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिड्सले अग्रता लिन सकेन । ८८औं मिनेटमा बामफोर्डको अर्काे प्रहारले पोस्टको दिशा लिन नसक्दा खेल बराबरीमा टुगिंयो ।

खेल अवधिभर नै लिड्सले आर्सनललाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँगै आर्सनल ९ खेलबाट १३ अंक जोडेर ११औं स्थानमा रहँदा लिड्स ११ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा वेस्टह्यामले सेफिल्डलाई १–० ले पराजित गरेको छ । वेस्टह्याको जितमा सेवास्टिन हालेरले ५६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै वेस्टह्याम १४ अंक जोडेर आठौं स्थानमा रहँदा सेफिल्ड १ अंकसहित पुछारमा छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button