‘समाचार र विचारको
साझा चौतारी’




हाम्रो यात्रा


जी एन शर्मा

मलाई थाहा छ, म हिड्ने बाटो कठिन छ
मेरो यात्रा जोखिम छ, तर यो बाटो हिड्ने नै मेरो उद्देश्य हो
मेरो यात्रा जति कठिन र कष्टपूर्ण छ, मलाई थाहा छ त्यस पछिको मेरो खुशी पनि
म अर्थात हामीहरु आज कष्टमय यात्रामा छौँ फेरि पनि हाम्रो यात्राको गन्तब्य छ
हामी त्यहीँ यात्राको समापन गर्छौ जहाँ हाम्रो बिसौनी रहेको छ

मलाई थाहा छ, हाम्रो यात्रामा धेरै अवरोधहरु हुनेछन्
धेरै तगाराहरु लगाईनेछन् ,किनकी हामी हाम्रो गन्तब्य नपुगि आराम गर्दैनौँ
उनीहरुले हामीलाई रोक्न खोज्नेछन्, जिस्क्याउँनेछन् अनि तर्सानेछन्
हाम्रा बाटाहरुमा पर्खाल लगाउन सक्छन् तर हामी भत्काएर अघि बढ्ने छौँ

मलाई थाहा छ, हाम्रो यात्रामा हामी सबै बिसौनी सम्म पुग्नेछैनौँ
किनकी यात्रा लामो हुनेछ, थाक्नेहरु हुन सक्छन्, भाग्नेहरु पनि हुन सक्छन्
यात्रा आँधिसँगै दौडने पनि धेरै हुनेछन् जो गन्तब्य सम्मका यात्रीहरु हुन्
निरन्तर लामबद्ध भएर यात्रारत रहनेछन्

मलाई थाहा छ, हाम्रो यात्रामा हामी धेरै हराउन सक्छौँ
हामी धेरै अलपत्र जस्ता भएर लुक्न सक्छौँ
तर, हामी धेरै छौँ जो गन्तब्य न पुगुन्जेल हुरि बनेर दौडिरहने पनि छौँ
मलाई मेरो यात्रा प्यारो छ
किनकी मैले यो यात्रा गर्नु नै पर्छ
यात्रा कष्टमय छ अनि यात्राको बिसौनी हर्ष र आनन्दको पनि छ

प्रतिकृया दिनुहोस्