‘समाचार र विचारको
साझा चौतारी’




हामी यहाँ छौ !



जी एन शर्मा
कविता

हामीलाई जहाँ छाडिएको थियो , अहिले सम्म हामी त्यहीँ छौँ
सपनाको उरुङ्ग चाङ्ले छोपेर हामीलाई जहाँ जे भनिएको थियो हामी त्यहीँ नै छौँ
तिमी सत्ता गयौ, माननिय भयौ , ताननिय भयौ, के के ग¥यौ
तर, हामी त त्यहीँ छौँ , आज पनि जस्तो छोडेका थियौ ,हामी त्यस्तै छौँ
अर्थात हामी यहीँ छौँ , जहाँ बेवारिसे बनाएका थियौ

क्रान्ति ,युद्ध, संघर्षका कथा सुनाएर
न्याय, समानता र स्वतन्त्रताका नारा घोकाएर
हामीलाई तिमीले जे जे ग¥यौ नि, हामी जस्ताको तस्तै छौँ
कहिले सुखको गफ पिट्यौ अनि कहिले समृद्धिको सनाई बजायो
केही ग¥यौ त मात्र तिमीले नै ग¥यौ
हामी त अझै जहाँको त्यहीँ छौँ, अर्थात हामी जहाँ थियौँ , आज पनि त्यहीँ नै छौँ

हाम्रा झुप्राहरु उस्तैछन्
हाम्रा पेटहरु त्यस्तैछन्
हाम्रो आङ् उस्तै छ
जे जे थिए हामी सँग आज ति सबै उस्तैछन्
आयो त परिवर्तन मात्र तिमीमा
आयो न्याय, समानता र स्वतन्त्रता मात्र तिमीमा
आयो सुख र समृद्धि त मात्र तिमीलाई
तर, हामी त्यहीँ नै छौँ ,जहाँ हाम्रा सपना र अपेक्षाहरु अलपत्र पारेका थियौ
हामी त्यहीँ छौँ, हामी यहीँ छौँ
जहाँ तिमीले हामीलाई
परिर्वतन र अधिकारको कथा सुनाएर छाडेका थियौ
आज पनि हामी उस्तै नै छौँ , जस्तो तिमीले देखेका थियौ

तिमी हामी भन्दा धेरै पर पुगेका छौ
सपना देखायौ हामीलाई पुरा भए सबै तिम्रा
प्रलोभनका विषाक्त लड्डु हामीलाई जिम्मा लगायौ अनि सबै असली रस चुस्यौ तिमीले
हामी आज पनि यहीँ छौँ , अर्थात हामी यहाँ नै छौँ ,जहाँ तिमीले छाडेका थियौ

प्रतिकृया दिनुहोस्