‘समाचार र विचारको
साझा चौतारी’




जिजु बुबा पृथ्वी, हजुरलाई गोरखा दरबारमै पुगेर सलाम नमन गरेँ है !


सन्दर्भ आजको पृथ्वी जन्मदिन र राष्ट्रिय एकता दिवस

कमलप्रसाद मिश्र

घुस लिन्या र दिन्या देशका शत्रुहुन्
यी वाणी पौष २७ मा संझिने कोई छन् कि ?

पृथ्बीनारायण शाहका यी भनाई सहि मात्र हैन शास्त्र संबत छन्। मायाधीन यी मानिसलले दिएको उपदेश र संसारी बिज्ञले बनाएको ऐन कानुन र संविधान त घुस लिनु दिनु अपराध हो भन्छ भने अखिल ब्राम्हण को अका्ट्य संविधान बेद स्जो नित्य र सनातन हो, उसका ऋचा हरुमा त घुस लिनु दिनु लाई महापाप हो भनिएको छ। बेदले महापाप गर्नेलाई सात अपबर्ग अर्थात सात पाताल नरक मा पनि मृत्यु पश्चात स्थान हुदैन भनेर किटानै गरिदिएको छ।
आज पौष २७गते आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिन र राष्ट्रीय एकता दिवस हो। राष्ट्रीय एकता दीवस मनाउने हरुले सिंहदरवारको को पश्चिम पट्टिका रहेको उनको शालिकमा माल्यार्पण गरी गुनगान गाएर पुग्दैन। उनका उपदेश र बैदिक मान्यता लाई ब्यवहारमा उतार्न सक्नु पर्छ।
हो, पृथ्वी नारायण शाह गोर्खा भिरकोट र लमजुङ्ग क्षेत्रमा रजौटा बीच लिग लिगकोटमा चल्ने दौड प्रतियोगिता बाट बिजयी बनेर राजा हुने को भ्रूण बाट जन्मिएको क्षेत्रिय ठकुरी बंशका बहादुर योद्धा हुन। छिमेकी भारत भित्र को समष्टि अर्थात गाउँनै गाउँको राज्य प्रणाली र राजा भन्ने प्रथा होस या उतिवेला को उत्तरी भोटराज्य आधुनिक तिब्बतको ल्हासा स्थित पोताला दरवारभित्र हुर्किएको औतारी लामा नै राजाबन्ने परम्परा भित्र उदाएको असन्तुष्ठिलाई गहन अध्ययन गरेका थिए पृथ्बीनारायण शाह ले। उनले राम्ररी यी दुई छिमेकी बारे बुझेर नै हुनुपर्छ दैवि शक्ति दौड प्रतियोगिता र स साना गाउँमा राज्य संचालन गरी राजा भन्ने परंम्परा लाई तोडिदिए भन्दा अतिसयुक्ति नहोला।

पृथ्बीनारायण शाह त्यस्ता राजा हुन उनका हरेक कार्य शास्त्र र सन्तका बाणी अनुरुप थिए। युद्ध गर्दिन, भाई बन्धु मारिन्छन् पाप लाग्छ भनेर पछि हट्न खोज्ने महाभारत युद्धका नायक अर्जुन लाई भगवान श्रीकृष्ण ले क्षेत्रीय धर्म पुरा गर्न युद्ध गर् मन मलाई देउ पापक्षम म गरौला भनेर उपदेश दिएपछि १८दिनको संग्राम मै पान्डबले राज्यजितेका थिए। भगवानको बाणीलाई शिरोपर गरेर जसरी अर्जुन ले युद्ध मार्फत राज्य अनी राजा बने हाम्रा गोर्खाली राजा नरभुपाल शाहका छोरा पृथ्बीनारायण शाह ले पनि गुरु गोरखनाथले दिएको दीब्य उपदेशलाई आत्मासाथ गरी क्षेत्रिय ठकुरी धर्म अनुसार नेपाल एकिकरण अभियान अगाडि बढाए। मकवानपुरे मावली र ससुराली अनी मितेरी साइनोका भाँदगाउले र नुवाकोटे रजौटालाई सुरुमा साथलिएर अनी पछि सैन्य रणनीति द्वारा लातमारेर अनेक भाषा र संस्कार संस्कृति मा रहेका आन्तरिक राज्य रजौटा लाई एकपछि अर्को गर्दै जितेर एकताको शुत्रमा पृथ्वीनारायण शाहले बेलैमा नबाधेको भए आज न नेपाल रहथ्यो न नेपाली भन्न नै पाईन्थयो। हामी माथि यतिवेला यात बुटवलसम्म आएर हार खाई फर्किएको खैराले र आजादी पछिको साउथ ब्लक ले रजाई गर्दथ्यो यात औतारी दलाई लामाको भेषमा उत्तरका सिन्तो खम्बाहरु त्यसपुर्व चिनिया यात्री हुयान साङ्ग ले बिसाल भारतका सम्राट अशोक र उनका प्रधानमन्त्री चाणक्य लाई भेटन जादा प्रयोग गरेको ट्रान्जिक्ट बाटो पहिल्याएर यहाँका रजौटा खाईदिन्थे अली हाम्रो हालत हुन्थ्यो बर्तमान बर्माका रोहिङ्गया मुशलमानहरुको जस्तै
त्यसैले दूरदृष्टि भ एका गोर्खाली राजा पृथ्बीनारायण शाह ले राजनीति कुटनीति अर्थनीति र सैन्यकला आदिमा दीब्यरूपमा उपस्थित सन्त गुरू गोरखनाथ को उपदेशलाई आज्ञा मानेर अगाडि बढे का कारण लक्षमा पुग्न सफल भ ए। नेपाल खाल्डो अर्थात काठमान्डौ उपत्यका र पूर्व पश्चिम अनी दक्षिणमा गंगानदिले तयार गरेको मैदान सम्मलाई एकताको शुत्रमा बाध्ने अभियान्ता राजा पृथ्बीनारायण शाह लाई एकता को प्रतिक मान्न कन्जुस्याँई गर्ने हरु बर्तमान मा जतिछन उनीहरु अबस्य नेपाल बिरोधी नै हुनुपर्छ। नत्र कठिन घढीमा बाईसे र चौबिसे अनी खस ।लिम्बुवान ।खम्बुवान आदिनाममा बिभाजित राज्यलाई एकिकरण गरेर सबैको साझा फुलवारी देश घोषणा गर्ने उपर किन आज धारेहात लगाईन्छ हंरु पृथ्बीनारायण शाह आज न दरवारिया पंच र कमल थापाका मात्र पेवा हुन् ,न डाः प्रकाशचन्द लोहनी र नत बर्तमान सत्ताधारी अनी उसका साखा सन्तान का रुपमा रहेका पुर्बराजा ज्ञानेन्द्र कै मात्र प्राइवेट हुन ,कदापी होईनन हरेक देशका जन्मदाता रहन्छन भरतका नामबाट भारत चीन राजाबाट चाईना जर्ज वासिङ्गटन पहिलो राष्ट्रपति का नाममा अमेरिकाले राजधानी राखेको ताजा प्रमाण हामीले देखेका छौ भने हामी ले देशको एकताका प्रतिक का रूपमा पृथ्बीनारायण शाह लाई नलिने हो भने मातृभूमि मात्र हैन गुरु गोरखनाथले दिएको आषिस ,पाशुपत मन्त्रको प्रभावमा चलेको देश नेपाल र हामी नेपाली माथी श्राप आईलाग्नेछ। हामीले राष्ट्रीय एकता दीवस मनाईरहदा पृथ्बीनारायण शाह का सन्देश लाई ब्यबहारमा न उतारे उनिप्रति को सम्मान पनि रहदैन राष्ट्र र जनता को पनि उन्नती हुदैन नै। अब सोचौ त हामी यी राष्ट्र निर्माता प्रति कति बफादार छौँ ।


यसैले सडक तताएर भाषण गरेर होईन मन र कर्मले पृथ्बीनारायण शाह लाई मान्यौ भने मात्र ऊहाँप्रति सम्मान अनी नेपाल राष्ट्र को उन्नति हुनेछ। माथि बेदको प्रसंगमा भनिएझै हामी पापतिर हैन परोपकारतिर लागौ घुसलिने हरूले र दीनेहरुले बेदका बाक्य साथै पृथ्बीनारायण शाह का सन्देश लाई शिरोपर गरेमात्र पौष २७को राष्ट्रीय एकता दिवस को सार्थकता रहने छ। मत यो वेला हाम्रा जिजु पूर्खा भन्दा अझ बढि उच्च जिजु वुवा पृथ्वीनारायण शाह प्रति सलामी र नमन अर्पण गर्दछु।
जिजु वुवा पृथ्वी, हजुर लाई गोरखा दरवार मै पुगेर सलाम र नमन गरे है ( जहाँ बाट राष्ट्रिय एकिकरण र बीर गोर्खाली को पहिचान बनेको थियो।आज तपाई राष्ट्र निर्माता ले गोरखा को यो सुन्दर रानी वन मुनि को दरवारमा जन्म लिनु भएको पौष २७ मा तपाईको गौरवमय गाथा लाई हरेक नेपालीले आत्मसाथ गरौ।र ,अन्त्यमा
राष्ट्र निर्माता पृथ्बीनारायण शाह को जय जय।
गुरु गोरखनाथको जय जय।
सगरमाथाको सुन्दर देश नेपाल को जय जय।
अस्तु

प्रतिकृया दिनुहोस्