‘समाचार र विचारको
साझा चौतारी’




सिल्भाको दुई गोलमा सिटीको सहज जित


पुस २७, २०७७

एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ ।

अर्काे एक गोल फिल फोडेनको नाममा रह्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

३३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लियो । दोस्रो हाफमा पनि सिटीले बर्मिङघमलाई दवावमा राखेपनि थप गा्ल गर्न नसक्दा पहिलो हाफको गोल नै सिटीलाई एफए कपको चौथो चरणमा प्रवेश गर्न पर्याप्त बन्यो ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्