‘समाचार र विचारको
साझा चौतारी’




‘जुमान्जी ४’ का लागि दि रकले मागे ५ सय ५५ करोड


एजेन्सी, अमेरिका, 2021/01/11
‘जुमान्जी’ सिरिज हलिउडको सबैभन्दा ठूलो बजेटको मेकिङ फ्रेन्चाइजमध्ये एक हो । ड्वेन जोनसन (दि रक) को ‘जुमान्जी : वेलकम टू द जंगल’ र ‘जुमान्जी : द नेक्स्ट लेभल’ ले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो । अब ‘जुमान्जी’ को चौथो पार्टको प्रतिक्षामा दर्शक छन् । निर्माताहरु यो फिल्मको तयारीमा समेत जुटेका छन् । ‘जुमान्जी ४’ को अफर ड्वेनलाई नै गरिएको छ ।

एक अंग्रेजी अखबरको रिपोर्ट अनुसार, ड्वेनले एकपटक फेरि फिल्ममा डा. स्मालडर ब्रेवस्टोनको चरित्र निभाउनका लागि मोटो रकम मागेका छन् । उनले फिल्मका लागि ‘एभेन्जर्स : इन्डगेम’ मा रोबर्ट डाउनी जूनियरले बुझेको पारिश्रमिकभन्दा पनि ज्यादा मागेका छन् । ‘एभेन्जर्स : इन्डगेम’ का लागि रोबर्टले ७५ मिलियन डलर (५ सय ५० करोडभन्दा बढी) पारिश्रमिक बुझेका थिए ।

‘जुमान्जी ४’ का लागि भने ड्वेनले ५ सय ५५ करोड माग गरेको बताइएको छ । उनले यो फ्रेन्चाइजको अघिल्लो दुई पार्टमा कूल २३.५ मिलियन डलर पारिश्रमिक बुझेका थिए । यसकारण उनले चौथो पार्टका लागि जति पारिश्रमिक मागेका छन्, त्यो मिल्न उनलाई मुश्किल देखिएको छ । ‘जुमान्जी ४’ लाई यस वर्ष (२०२१) को डिसेम्बरमा फिल्म रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।filmykhabar/from

प्रतिकृया दिनुहोस्