‘समाचार र विचारको
साझा चौतारी’




नेयमार प्रशिक्षणमा फर्किए


पुस २८, २०७७

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन् ।

एंकल इन्ज्युरीका कारण झन्डै एक महिना मैदान बाहिर रहेका नेयमार सोमबार टोलीको प्रशिक्षणमा सामेल भएका हुन् । १३ डिसेम्वरमा घरेलु मैदानमा लियोनसँग १–० ले पराजित भएको खेलको इन्ज्युरी समयमा चोट बोक्दा उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो ।

पीएसजीले नेयमार प्रशिक्षणमा सामेल भएको तस्वीर सामाजिक सन्जाल ट्वीटरमा पोस्ट गर्दै ‘लुक लाइक हु इज ब्याक’ भनेर क्याप्सन लेखेका छन् । र ब्राजिलियन नेयमारले नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको प्रशिक्षण गरेका छन् । पोचेटिनोले पीएसजीसँग १८ महिनाको सम्झौता गरेका छन् ।

स्टार्सवर्गमाथि ४–० जित निकालेको खेलपछि २४ घन्टा नबित्दै प्रशिक्षक थोमस टुचेललाई बर्खास्ती गरेको थियो । त्यसको एक सातापछि पीएसजीले पोचेटिनोलाई नयाँ प्रशिक्षक बनाएको थियो ।
नेयमार प्रशिक्षणमा जोडिनुले पीएसजीलाई सुखद सन्देश मिलेको छ । लिग वानको १९ ेल सकिदा पीएसजी शीर्षस्थानको लियोनसँग १ अंकले पछि छ ।

प्रशिक्षणमा जोडिएपनि नेयमारले पोचेटिनोको प्रशिक्षणमा मार्सेविरुद्ध बुधबार राति हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना न्युन छ । यसको अर्थ २८ वर्षीय नेयमारले शनिबार एन्जर्सको भ्रमणमा निस्कने पक्का छ ।

पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो खेला सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा ब्रेस्टमाथि ३–० को सहज जित निकालेको थियो ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्