‘समाचार र विचारको
साझा चौतारी’




म्यानचेस्टर शीर्षस्थानमा उक्लियो


बुधबार, पुस २९, २०७७

एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराउदै युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

बर्नलेको मैदानमा टर्फ मुरमा युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो मिनेटमा नै एस्ले बार्नेसको पासमा ब्राडीको प्रहर आकासिदा घरेलु टोलीले अग्रता लिने अवसर गुमाएको थियो ।

१९औं मिनेटमा मार्कुस रासफोर्डबाट ब्रुनो फर्नान्डेस हुदै आएको पासमा एन्थोनी मार्सियलको प्रहारले पोस्टको दिशा लिन सकेन । ३६औं मिनेटमा युनाइटेडले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । फर्नान्डेसको पासमा ह्यारी मिगुएरले गोल गरेपनि उनी उक्त मुभमा अफसाइड पोजिसनमा रहेका थिए ।

४५औं मिनेटमा रासफोर्डको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले बचाए । ५२औं मिनेटमा पल पोग्वाको क्रस पासलाई एडिन्सन काभानील भेट्टाउन सकेन । ७१औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० ले अघि बढाए । उनले कप्तान ह्यारी मिगुएरको पासमा गोल गरेका थिए।

८२औं मिनेटमा पोग्वाकै पासमा मार्सियल चुक्दा युनाइटेड पनि अग्रता दोब्बर पार्नबाट चुक्यो । इन्ज्युरी समयमा म्याकनेलको क्रसमा तार्काेस्कीले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बर्नले बराबरीबाट चुक्दा युनाइटेड विजयी हुन सफल भयो ।

शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ । पराजित बर्नले १६ अंकसहित १६औं स्थानमा छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्