खेलकुद

बायर्नको जितमा मुलरको दुई गोल

माघ १२, २०७७

एजेन्सी – जर्मन मिडफिल्डर थोमस मुलरको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा हराउदा रोबर्ट लेवान्डोस्की र डेभिड अलवाले पनि गोल थपे । बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

भिल्टेन्स एरिनामा बायर्नले खेलको ३३औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा किम्मिखकै पासमा लेवान्डास्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

अन्तिम दुई मिनेटमा दुई गोल गर्दै बायर्नले खेल आफ्नो नियन्त्रणमा सलन सफल भयो । ८८औं मिनेटमा मुलरले किम्मिखकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा डेभिड अलवाले किङ्सले कोमानको पासमा गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको १८ खेलबाट ४२ अंक पुगेको छ । समान खेलबाट आरबी लाइप्जिगको ३५ अंक छ । पराजित साल्के ७ अंक जोडेर पुछारमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा होफेनहाइनले एफसी कोल्नमाथि ३–० को सहज जित हात पारेको छ । होफेनहाइनको जितमा एन्डरेज क्रामारिकले दुई तथा क्रिस्टोफ बोउमगार्टनरले एक गोल गरे ।
यो जितसँगै होफेनहाइन २२ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । कोल्न १५ अंक जोडेर १६औं स्थानमा छ ।hamrokhelkud/from

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button