‘समाचार र विचारको
साझा चौतारी’






म्यानचेस्टरको सानदार जितमा ब्रुनोको दुई गोल


फागुन ७, २०७७

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० ले पराजित गरेको छ ।

युनाइटेडले सोसिडाडविरुद्ध पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । टोरिनो इटालीमा बिहीबार राति भएको खेलमा युनाइटेडले खेलको २७औं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिएको थियो ।

उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा ब्रुनोले ड्यानियल जेम्सको पासमा व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए ।

६५औं मिनेटमा मार्कुस रासफोर्डले फ्रेडको पासमा गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा इरिक बेइलीको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ४–० को सानदार जित दिलाए ।

न्युट्रल भेन्युको रुपमा टोरिनोमा खेल हुदा सोसिडाडले सोचेअनुरुपको खेल पस्कन नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

यो जितसँगै युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेगमा युनाइटेडलाई अघिल्लो चरण प्रवेश गर्न यही नतिजा पर्याप्त हुनेछ । सोसिडाडलाई ५–० को निश्चित जितको खाँचो हुनेछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्