‘समाचार र विचारको
साझा चौतारी’






कलाकारहरुले सृजना मार्फत पोखे आफ्ना असन्तुष्टि( भिडियो सहित)


७ फागुन २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । झापाको काँकरभिट्टामा आज विभिन्न पेशा, ब्यवसाय र राजनीतिक दलमा आबद्ध र आस्था राख्ने नागरिकहरुले संयुक्त कार्यक्रमको आयोजना गरेकाछन् । प्रतिगमन, महिला हिंसा, बलात्कार , कुशासनको बिरुद्धमा र संवधिानको रक्षाका लागि भनिएर गरिएको सो कार्यक्रमा विभिन्न पेशाकर्मी, ब्यवसायी र राजनीतिकदलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा साहित्यकार, कलाकार र सामाजिक अगुवाहरुले आफ्ना सृजना मार्फत आफ्ना आवाजहरुलाई अभिब्यक्त गरेका थिए । संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रमको पूर्व विभिन्न नारा सहित उनीहरुले काँकरभिट्टा बजार परिक्रमा समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्