‘समाचार र विचारको
साझा चौतारी’






लिड्समाथि वल्भ्सको जित


फागुन ८, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा दोस्रो हाफमा इलान मेस्लिएरले गरेको आत्मघाती गोल नै वल्भ्सको जितमा निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा एडमा ट्राओरेको प्रहारलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । आत्मघाती गोल पछि पनि दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा त्यही आत्मघाती गोल नै वल्भ्सको जितमा निर्णायक बन्यो ।

प्रिमियर लिगमा वल्भ्सको यो लगातार दोस्रो जित हो । लेस्टर सिटीसँग गोलरहित बराबरीपछि वल्भ्सले साउथह्याम्टनलाई २–१ ले पराजित गरेको थियो । यो जितसँगै वल्भ्स २५ खेलबाट ३३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित लिड्स २४ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्