‘समाचार र विचारको
साझा चौतारी’






एभर्टनसँग लिभरपुलको हार


फागुन ९, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगको मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनसँग हार बेहोरेको छ । यो सिजन खराव लयलाई निरन्तरता दिदा लिभरपुल घरेलु मैदानमा एभर्टनसँग २–० ले पराजित भएको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै रिचार्लीसनले हामेस रोड्रिग्वेजको पासमा गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका थिए ।

८३औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई २–० को जित दिलाए । रिचार्लीसनललाई पेनाल्टी बक्समा एलेक्सान्डर अर्नाेल्डले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै एभर्टनलाई पेनाल्टी दिएको थियो ।

यो जितसँगै एभर्टन २४ खेलबाट ४० अंक जोडेर सातौ स्थानमा यथावत रहँदा लिभरपुल पनि २५ खेलबाट ४० अंक जोडेर छैटौ स्थानमा रहेको छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्