‘समाचार र विचारको
साझा चौतारी’






म्यानचेस्टर सिटीले आर्सनललाई हरायो


फागुन १०, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा सिटीको जितमाहिम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा रियाद महारेजको पासमम गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यो जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई १० अंकले पछि पारेको छ । युनाईटेडको ४९ अंक छ। पराजित आर्सनल ३४ अंक जोडेर १०औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई ३-१ ले पराजित गरेको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्ड, ड्यानियल जेम्स र ब्रुनो फर्नान्डेसले गोल गरे । न्युक्यासलका एलान सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।

यो जितसँगै दोस्रो स्थानमा रहेको युनाईटेडको २५ खेलबाट ४९ अंक पुगेको छ। न्युक्यासल २५ अंक जोडेर १७औं स्थानमा छ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्