खेलकुद

रोनाल्डोको गोल बावजुत युभेन्टस रोकियो

फागुन १६, २०७७

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’ मा घरेलु टोली हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

दुवै गोल दोस्रो हाफमा सम्भव हुदा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दा घरेलु टोलीका एन्टोनिन बराकले गोल गरे । भेरोनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो ।

४९औं मिनेटमा रोनाल्डोले फेडरिको चिइसाको पासमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काए । उनले डार्काे लाजोभिकको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यो बराबरीपछि युभेन्टस २३ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग ७ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग ३ अंकले पछि छ । हेलास भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button