‘समाचार र विचारको
साझा चौतारी’






यात्रा साथको अनि यात्रा संगीतको अर्थात पूजन र अनुपमाको सांगीतिक यात्रा


७ चैत्र २०७७
चौतारी पोष्ट अनलाइन
ललितपुर । भारतको सिक्किम राज्यमा रहेर निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा कृयाशिल पूजन ल्वागून र अनुपमा प्रधान यस वर्षको बिन्दा बासिनी म्यूजिक अवाडस(२०७७र्)का लागि यस सर्वोत्कृष्ट सुगम संगीत र पप गायन महिला तर्फ मनोनयनमा पर्न सफल भएकाछन् । नेपाली गीत संगीतका क्षेत्रमा अब्बल मानिएका संगीतका विविध विधालाई पुरस्कृत गरिने यो अवाडर्सका लागि संगीतकार पूजनको ‘मैले बुझ्न’ बोलको गीतको संगीत सुगम संगीतमा मनोनयनमा पर्न सफल भएको छ भने अनुपमाको स्वर रहेको ‘मन देखि’ बोलको गीत सर्वोत्कृष्ट पप महिला गायनतर्फ मनोनयमा परेको छ ।


जिवन र समाजका विविध पक्ष र आयामलाई समेटेर मनछुने संगीतलाई खिप्न खप्पिस संगीतकार पूजन र शब्द र संगीतको भावसँग मन जोडेर मन नै खिच्ने स्वर भर्न शिपालु पूजन र अनुपमा जिवन साथी पनि हुन् । मेचीपारि रहेर पनि नेपाली गीत संगीतप्रति हत्ते हालेर नेपाली संगीतलाई अगाध स्नेहका साथ प्रेम निरन्तर मायाँ गरिरहेका पूजन र अनुपमाले आफ्नो संगीत र स्वर मनोनयनमा पर्नुले आफुलाई उत्साहितसँगै अझै धेरै गर्न बाँकी रहेको जिम्मेवारी बोध भएको बताए ।
अक्सर यो जोडीको छनौटको गीत संगीत भनेको जिवन भोगाई र समाजका विविध जिवन्त पक्ष रहनु पनि अनुपमा र पूजनको पृथक परिचय मानिन्छ । नेपाली संगीतको क्षेत्रमा निरन्तर यात्रारत यो जोडीको जिवन यात्रासँगै सांगीतिक यात्रामा पनि सधै सुखमय बनोस हाम्रो पनि शुभकामना ।

प्रतिकृया दिनुहोस्