‘समाचार र विचारको
साझा चौतारी’






नियन्त्रण उन्मुख आधुनिक दासता!


टंक पन्त

‘सिन्धुपाल्चोक जिल्ला भन्नासाथ हाम्रा दिदी–बहिनी बेचिने जिल्ला हो रे ! भन्ने कुरा अहिले पनि कतिपय कार्यक्रमवाआधुनिक दासताविरुद्धको आवाज उठाउने सन्दर्भमा सुन्नुपर्दा असाध्य दुःख लाग्छ । आफू जन्मेको जिल्लालाई त्यो कलंक लागेको किन होला भनी मैले बाबुआमा र परिवारजनसँग धेरै पटक जिज्ञासा राखेँ तर लामो समयसम्म उत्तर पाइन । अहिले केही समययता थाहा पाएँ, पहिले–पहिले अधिकांश घरकादिदी–बहिनी मानव बेचबिखनको अपराधजन्य सिकार हुन बाध्य हुँदा रहेछन् । त्यसैले पनि छोरी जन्मियो भने खुशी हुनेप्रवृत्तिसमेत रहेछ। अनि आफैं उत्तर थाहा पाउन थालेकी छु ।

’ सिन्धुपाल्चोकस्थित बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत एवम् सोही विद्यालयको एकजुट बालक्लबकी अध्यक्ष छात्रासरितानेपालीपहिले–पहिले आफ्नो जिल्लामा दिदी–बहिनी बेचबिखन हुने गरेको अवस्थाबारे आफूले सुनेको कुरा यसरी भन्दै थिइन्, ‘मान्छेलाई मान्छेले नैयौनशोषणका लागि बेच्नेरहेछन्, त्यो पनि आफ्नै नजिकका नातेदारहरुको प्रमुख भूमिका हुने कुरा सुन्दा त कति अपराधी हुन् नातेदार,कति अपाराधी हो समाज, त्यस्तो अपराध गर्दा पनि टुलुटुलु हेरेर बस्ने ?’केही दिनअघियो पङ्क्तिकार मैले सिन्धुपाल्चोकका विभिन्न ठाउँको अवलोकन गर्ने क्रममा १५ वर्षीया छात्रा सरितालेआफ्नो मनमा गढेको कुरा सुनाउँदै गर्दा वास्तवमा अहिलेकोपिँढीलाई पनि पहिलेको अवस्थाले कति चोट पारेको रहेछ भन्ने प्रस्ट हुन्छ ।सरितालाई जस्तै धेरैलाई त्यो खालको चोट मनमा परेको छ । उनी त एउटा प्रतिनिधि पात्र न हुन ।कुनै पनि घरमा छोरी जन्मियो भने खुशी हुने र दश–बाह्र वर्ष हुने बेला उनीमाथि अपराधी नजर पर्न थाल्थ्यो । तर अहिले त्यो अवस्थामा परिवर्तन आएको छ । पहिलेको जस्तो खुलेआमरुपमाबेचबिखन हुने कुरामा कमी आएको छ।

त्यसैले फेरिएको वा परिवर्तन उन्मुखसिन्धुपाल्चोकभन्दा पनि हुने भएको छ । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको शब्दमा भन्दा, सिन्धुपाल्चोक अब पहिलेको कलंकको टीका लगाएको अवस्थामा छैन, धेरै सुधार भएकोछ । छोरीहरुपनि स्कुल जान्छन् । समाज निकै सचेत भएको छ । तर पनि छोराछोरीबीच समाजले हेर्ने दृष्टिकोणमा भने अझै विभेद देखिन्छ । सम्पन्न परिवारले छोरालाई काठमाडौंको राम्रो भनिनेबोर्डिङ स्कुलमा पठाउने र छोरीलाई गाउँमै पढाउने प्रवृत्ति अझै छ । त्यो विभेदलाई पनि सबै मिलेर हटाउनुपर्छ र छोराछोरी बराबरी हुन् भन्ने भावनाको विकास गराउनुपर्छ ।चरम यातनाका साथ यौनशोषणमा पर्ने अवस्थादिदी–बहिनीको पहिलेजस्तोनभए पनि बेचबिखनको स्वरुपमा परिवर्तन भएको छ । वैदेशिक रोजगारीमा जाने वा लैजाने, आन्तरिक ट्राफिकिङमा पार्ने काम भने विद्यमान नै छ । त्यसैलेअझै पनि आधुनिक दासताविरुद्धको अभियान र समाजलाई सचेत बनाउनधेरैमेहनत आवश्यक छ । मानव बेचबिखनविरुद्ध क्रियाशील शक्ति समुहजस्ता नागरिक संगठनहरु अहोरात्र लागिरहेका छन्, त्यसले समाजमा मात्र होइन जनप्रतिनिधिहरुमा समेत सकारात्मकप्रभाव पारेको छ। जनप्रतिनिधि पनि सबै खाले विभेद अन्त्यका लागि शक्ति समूहसँग हातेमालो गर्दै अगाडि बढेका छन्, जसले समाजलाईसकारात्मक बाटोमा लैजान ठूलो सहयोग पु¥याएको छ ।

दिदी–बहिनी पहिलेजस्तो खुलेआमरुपमा बेचबिखनमापर्ने गरेका छैनन्। उनीहरु स्वयम् सचेत भएका छन् । कसैले फकाउँदैमा उनीहरु फकिँदैनन्तरसानैमा हुने विवाह जटिलसमस्याको रुपमा रहेको छ । विद्यालय जाने अनि विद्यालयकैछात्रसँग सम्बन्ध बढाएर हिँड्ने प्रवृत्तिको विकास भएको छ । विद्यालय जाँदा मात्र नभएर सामाजिक सञ्जालमार्फत कुरा गर्ने अनि केटाको चरित्र कस्तो छ भन्ने राम्ररी नबुझी भाग्ने घटनाहरु पनि हुने गरेका छन् । यसले गर्दा कतिपय छात्राहरु विभिन्न शोषणमा पर्ने गरेका छन् । सोही कारण आन्तरिक ट्राफिकिङमा पर्ने गरेका छन् । त्यसैले बालविवाह एउटा समस्याको रुपमा रहेको छ । विद्यालय र जनप्रतिनिधि एवं शक्ति समूहजस्ता जिल्लामा क्रियाशील नागरिक संगठनहरुले आ–आफ्नोठाउँबाटबालविवाह रोक्न, घरेलु हिंसा रोक्न, महिलाविरुद्ध हुने सबैखाले हिंसा रोक्न रआधुनिक दासताको अन्त्यका लागि भूमिका निर्वाह गरिरहेका छन् तर अझै पनि विद्यालयदेखि सबै पक्षबाट प्रभावकारी अभियानको खाँचो रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानको अवलोकन अध्ययनमा मसहित शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ, कार्यकारी निर्देशक बालकुमारी दर्लामी, कानुन तथा तालिम संयोजक दिलीप कोइराला, कार्यक्रम संयोजक सरला तामाङ, शक्ति समूहकी संस्थापक सदस्य एवं एटविनकी अध्यक्ष नातिसरा राईर जिल्लामा कार्यरत जिम्मेवार अभियन्ताहरु केशव पौडेल,दीपा अर्याल, संगीता नेपाली, भोला तामाङ,सन्चमाङ,रबिना दंगालपुगेका थियौैं ।प्रशिक्षणमूलक अध्ययन मानव बेचबिखन एवम् विभेदको अन्त्य र विकासका लागि समुदायको परिचालनमा केन्द्रित थियो । हुन पनि केही सहयोग र सचेतनाको जागरण ल्याइयो भने परिवर्तन सम्भव छ भन्ने कुरा देखिएको छ ।

मानव बेचबिखन अपराध हो, त्यसलाई पूर्णतः नियन्त्रण गर्नुपर्छ, गरिबी र आर्थिक विपन्न परिवारलाई जीविकोपार्जनका लागि प्रारम्भमा केही सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, छोराछोरीबीच विभेद गर्नुहुँदैन भन्ने कुरामा चेतनाकोविकास भएकोछ ।त्यसैले पनिपहिलेको जस्तो ललाइफकाई सजिलै दिदी–बहिनीलाई बेचबिखनमा पार्ने अवस्थामा निकै कमी आएको छ। यसलाई सकारात्मक खुड्किलोको रुपमा लिनुपर्छ।विदेश जानुभन्दा गाउँमै बाख्रापालन, कुखुरापालन, हाँसपालन, टर्कीपालनजस्ता कार्यमा ग्रामीण तहमा हुने गरेको प्रारम्भिक आर्थिक सहयोगले गर्दा त्यो घरलाई मात्र होइन गाउँलाई नै उज्यालोबनाएको छ । जब आर्थिकरुपमा मानिस आत्मनिर्भर बन्दै जान्छ, त्यसलेअरुलाई पनि प्रेरणा दिँदोरहेछ भन्ने सकारात्मक उदाहरणहेलम्बु गाउँपालिका वार्ड नं. ३,पाल्चोकका कृष्ण खड्काले दिएका छन् । २३ वर्षीया खड्कालेबाबुआमा र चार दिदी–बहिनीलाई खुशी बनाएका छन् । उनी भन्छन्, ‘दत्तचित्त भएर गर्ने होभने घरमै बसेर धेरै गर्न सकिँदो रहेछ । विदेश गएर अर्काको गुलामी बन्नेपर्दो रहेनछ । परिवारका लागि आर्थिक अभाव नहुने र कसैको शरणपर्ने अवस्था नभएमा त्यो परिवारलेअध्ययन गर्न पाउने, अध्ययन गर्नासाथ परिवारशिक्षित हुने, त्यसपछि कसैले विभेद वा हिंसा गर्न थाल्यो त्यो सचेत हुने र प्रतिवाद गर्ने अवस्था आउँदो रहेछ ।’ युवा परिवर्तनका संवाहक, सेवाग्राही प्रतिक्रिया संयन्त्रलेआधुनिक दासताविरुद्ध खेलेको भूमिकाले गर्दा पनि सिन्धुपाल्चोक, नुवाकोटजस्ता जिल्लामा आएको परिवर्तन अन्य जिल्लाका लागिउदाहरणीय बन्न थालेको छ ।

लैंगिक हिंसा सामाजिक अपराध हो । लैंगिक हिंसा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चुनौतीको विषय बनेको छ । लैंगिक हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय स्तरमासमेत विभिन्न कानुन, नीति, निर्देशनहरु तय भएका छन् । देशको संविधान, ऐन, कानुन पनि त्यत्तिकै प्रभावकारी छन् । लैंगिक हिंसा अन्त्यका लागि नेपाल पक्ष रहेका विभिन्न अन्तर्राष्ट्रिय कानुनहरु, नेपालको संविधान, मलुकी फौजदारी संहिता ऐन २०७४, छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४, श्रम ऐन २०७४, घरेलु हिंसा (कसुर र सजाय)ऐन २०६६, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव्यवहार निवारण ऐन २०७१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)२०६४, बोक्सी आरोप (कसुर र सजाय) ऐन २०७२, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन२०७५ लगायत नेपालमा विद्यमान कानुनहरुले विभिन्न व्यवस्था गर्नुका साथै सरकारको नीति–नियममा पनि विभिन्न व्यवस्था गरी कार्यक्रमहरु घोषणाभएका छन् ।महिला र पुरुषबीच समान अधिकार, समान अवसर र पहुँच, लाभको समान बाँडफाँड, समान व्यवहार, व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्णय तथा छनोटको स्वतन्त्रता, समान सहभागिता, वैवाहिक अधिकार, महिला स्वास्थ्य तथा प्रजनन अधिकार, आर्थिक, सामाजिक, नागरिक तथा राजनीतिक अधिकार, न्यायमा पहुँच, महिला तथा बालिकाविरुद्ध हुने हिंसाको अन्त्य तथा समान पहुँचको लागि विशेषाधिकारको ग्यारेन्टी हुने अवस्थालाई लैंगिक समानता भनिन्छ । तर नेपालमा त्यस्तो अवस्था छ त? प्रश्न आमरुपमा अहिले पनि उठ्ने गरेको छ । जबसम्म यो प्रश्न उठिरहने हुन्छ र लैंगिक समानता हुँदैन, तब सबैमा न्यायको अनुभूति हुँदैन । जबसम्म हरेक नागरिकमा न्याय र समानताको अनुभूति हुँदैन,देशमा आमूल परिवर्तन र समृद्धि पनि हुन सक्तैन ।

त्यसैले समाजको रुपान्तरणका लागि समाजमा विद्यमान विभेद, कानुनी शासन, संविधान, ऐन, कानुन र नियमको व्यवहारमै पालनाको आवश्यकता रहेको छ । त्यही आवश्यकतालाई पहिले मानव बेचबिखनको केन्द्रको रुपमा परिचित तरधेरै हदसम्म फेरिएको जिल्ला सिन्धुपाल्चोक, नुवाकोटजस्ता जिल्लाका नागरिकहरु, बुद्धिजीवी, जनप्रतिनिधिहरुआत्मसात् गरी क्रियाशील रहेका छन् । यसलाई निकै सकारात्मकरुपमालिनुपर्छ ।नागरिक संगठन–जनप्रतिनिधिबीचको सम्बन्ध, मानव अधिकार र सामाजिक न्याय, लैंगिक समानता,मानव बेचबिखन, आधुनिक दासताको अन्त्य,अध्ययन गर्दागर्दैै विद्यालय छोड्ने प्रवृत्तिको अन्त्य, बालविवाह नियन्त्रणका लागि भैरहेका पहल र अभियानलाई थप सार्थक बनाउन सकेमा पनि समाजमा परिवर्तन आउनेछ । समाजमाहुने सकारात्मक परिवर्तनसमृद्धि र विकासका महत्वपूर्ण सिँढी बन्ने निश्चित छ । यसर्थ सकारात्मक पक्षलाईबढावा दिँदै नकारात्मक पक्षलाई निरुत्साहित गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसका लागि राजनीतिक दल, राज्य संयन्त्र, नागरिक संगठन एवं अन्य परिवर्तनका संवाहक सबैको सकारात्मकसोच र सकारात्मक कर्मको खाँचो छ ।

११ चैत्र २०७७/newsofnepal

प्रतिकृया दिनुहोस्