‘समाचार र विचारको
साझा चौतारी’






१६ दिनमै वर्षाको ‘ए साथी सुन’ प्याकअप


फिल्मीखबर, काठमाडौं, 2021/04/01

यही चैत ३ गते हेटौंडाबाट सुरु भएको अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘ए साथी सुन’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको १६ दिनमा बुधवार फिल्मको इन्डक्ल्याप भएको हो । एक गीतबाहेक फिल्मको सम्पूर्ण छायांकन पूरा भएको वर्षाले फेसबुकमार्फत् जानकारी दिएकी छन् । कम समयमा राम्रो काम सकाएर फिल्मको सेटबाट विदा लिएको उनले बताएकी छन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्मलाई राघव आचार्यले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । भारतमा फिल्म अध्ययन गरेका उनले केही वेब सिरिजमा काम गरिसकेका छन् । कम समयमै छायांकन सकिए पनि काम राम्रो निस्किएको उनले बताए । विना कार्कीको एकल लगानीमा फिल्म निर्माण भएको हो । उनले चाँडै अर्को फिल्म पनि बनाउँदैछिन् ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मबाट नायकको रुपमा रमेश बाँनियाले डेब्यू गर्दैछन् । स्थिति सामान्य भएपछि फिल्म रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । वर्षाको भने ‘परदेशी २, मनसँग मन र लक्का जवान’ प्रदर्शनको पखाईमा छन् । सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै फिल्म सफल नभए पनि उनी कामविहीन हुनु परेको छैन ।

प्रतिकृया दिनुहोस्