‘समाचार र विचारको
साझा चौतारी’






सचेत बनौँ


कोरोनाको दोस्रो लहरले अहिले फेरि दुनियाँलाई आक्रान्त पारेको छ । केही मथ्तर जस्तो देखिएको कोरोना भाइरस अहिले आक्रामक रुपमा बढेको देखिन्छ । छिमेकी देश भारतमा मात्रै दैनिक हजारौँको संख्यामा कोरोना पोजेटिभ देखिन थालेको छ भने अन्य देशमा पनि यसले आफ्नो लहरलाई तिव्र पारेको दैनिक तथ्याङ्कबाट स्पष्ट देखिन्छ । पछिल्लो समयमा कोरोना बिरुद्दको खोप आएता पनि यसको तिव्र फैलावटले खोप मात्रै नियन्त्रण उपाय मान्न सकिदैन यसर्थ फेरि एक पटक हामीले सचेततापूवर्क स्वास्थ्य सावधानी अपनाउनु अत्यावश्यक भएको छ ।
यस अघि जसरी हामीले कोरोना भाईरसबाट बच्नका लागि भौतिक दुरि, माक्सको प्रयोग, सावन पानीले हात धुने लगायतका उपायलाई लिएका थियौँ पुन अझ सजकताका साथ यसको पालनामा जोड दिनु पर्ने भएको छ ।
केही होइन र केही पनि हुदैन भनेर ढुक्क मान्नाले भोलीका दिनमा विकराल समस्या नआउला भन्न सकिदैन । खास गरेर सार्वजनिक स्थल, भिडभाड धेरै हुने ठाउँमा सबै भन्दा बढी स्वास्थ्य सुरक्षा अपनाउनु अपरिहार्य भएको छ । बिध्यालयदेखि, सरकारी कार्यालय र वित्तिय कारोबार हुने क्षेत्रमा विशेष सावधानी अपनाउनु जरुरी भएको छ । पछि केही हुनु भन्दा पहिला नै हामी यसबाट बच्न सक्ने उपायको खोजीमा लाग्यौँ भने भोलीका दिनमा आईपर्ने दुखद पाटोको अन्त्य गर्न सकिन्छ यसर्थ आफु, आफ्नो समाज र सिङ्गो मानव समुदायको हितका लागि समयमै हामी सचेत बनौँ र आक्रामक रुपमा अहिले देखिएको कोरोनाको दोस्रो रुपलाई नियन्त्रणका लागि सजग र सचेत बन्न तर्फ लागौँ ।

प्रतिकृया दिनुहोस्