‘समाचार र विचारको
साझा चौतारी’






उपभोक्ताको मायाँ र मतले हामी जित्छौँ — राजकुमार पराजुली , उम्मेद्वार अध्यक्ष (एमाले ÷राप्रपा संयुक्त प्यानल) काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था निवार्चन २०७७


काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्य समिति (२०७७)को निर्वाचनमा एमाले÷राप्रपाको संयुक्त प्यानलबाट नेतृत्व गरेका अध्यक्षका उम्मेद्वार राजकुमार पराजुलीसँग निर्वाचनकै सेरोफेरोमा रहेर चौतारी पोष्ट अनलाइनले गरेको चौतारी संवाद
 तपाईको उम्मेद्वारी किन ?
उपभोक्ता र संस्थाको हितका लागि नै मेरो लगायत हाम्रो प्यानलको उम्मेद्वारी हो । आम उपभोक्ता माझ सफा र स्वस्थ्य पानी सहजताका साथ पु¥याउनु र संस्थालाई देशकै नमूना खानेपानीका रुपमा परिचित गराउनु नै हाम्रो एक मात्र उद्देश्य हो ।र, हिजाका दिनमा मैले संस्थामा आएर बटुलेका अनुभवलाई थप प्रभाकारी बनाउँदै खानेपानीको विस्तार र वितरण योजनालाई सशक्त बनाउनु पनि हाम्रो ध्येय हो ।
 यो त सबैले भन्ने नै गर्छन् नि भोट माग्ने बेलामा हैन र ?
भन्नु र गर्नुमा पनि त फरक होला नि त, हामी फोस्रा र नहुने आश्वासन बाँडेर उपभोक्तालाई नहुने सपना बाड्दैनौँ जे गर्न सकिन्छ त्यही भनिरहेका छौँ । हिजोका दिनमा मेरै कुरा गर्नु हुन्छ भने मैले गरेका कामलाई हेरेर नै उपभोक्ताले मलाई पटक पटक संस्थामा पठाउनु भएको कुरा नै काफि छैन र ? यदि मैले भोटका बेलामा फोस्रो आश्वासन मात्र बाडेको भए मलाई नै किन संस्थामा पठाउनु हुन्थ्यो र ?
३ अहिले तपाईको नेतृत्वमा एमाले र राप्रपाको संयुक्त प्यानल रहेको छ जित्छौँ भन्ने लागेको छ ?
जित्छौँ भन्ने कुरामा कुनै शंका नै छैन नि, विगतको हाम्रो काम र अहिलेको हाम्रो नविन योजना र जाँगरलाई हेरेर आम उपभोक्ताको मायाँ र मत हाम्रो पक्षमा आउने कुरामा कुनै शंका नै छैन । मैले अघि नै पनि तपाईलाई भने नि हामी गफ होइन काम गरेर देखाउँछौँ ।
जित्नु भयो भने के गर्नु हुन्छ ?
हाम्रो पहिलो प्राथमिकता भनेको उपभोक्ता र संस्थाको हित नै हो । सहज ढङ्गले पानीको वितरण, सफा र स्वच्छ पानी अनि संस्थालाई समेत नमूना खानेपानी संस्थाको रुपमा परिचित गराउनु हो । यसका अलवा खानेपानी पिउने अधिकारबाट यस क्षेत्रका कोही पनि नागरिक कुनै कारणले ओझेलमा पर्नु नपरोस र सबैका लागि स्वच्छ पानी भन्ने नै हो ।
 तपाई त पटक पटक संस्थामा जानु भयो , विभिन्न पदमा रहेर काम गर्नु भयो अmभै अध्यक्ष बन्न खोज्नु भनेको पद प्रतिको लोभ होइन र ?
निकै महत्वपूर्ण प्रश्न गर्नु भयो तर पदको लोभ भन्दा मलाई पटक पटक खानेपानीका उपभोक्ताले किन अधिक मतले जिताउँदै आउनु भयो यसतर्फ पनि जाने हो कि? किन म पटक पटक संस्थामा निर्वाचित बन्दै आएको छ ? उत्तर र तपाईको जिज्ञासाको हल पनि यसैमा छ कि मैले विगतदेखि जे भन्दै आँए त्यो गर्दै आएकाले आम उपभोक्ता मायाँ पाउँदै आएको कुरालाई पनि ख्याल गर्नु पर्ला नि त ।
यस पटकको मेरो अध्यक्ष पदको उम्मेद्वारी भनेको अहिले सम्मका मेरा अनुभव र आम उपभोक्ता माग अनि काँकरभिट्टा खानेपानीको आगामी दिर्घकालिन योजनालाई सफलतापूर्वक सम्पन्न गर्ने मेरो संकल्पलाई पुरा गर्नका लागि मेरो उम्मेद्वारी हो ।र, तपाईलाई म यो संवादकै क्रममा भन्न चाहान्छु कि म लगायत हाम्रो प्यानले आज उपभोक्तासँग जे जे भन्दै आएकाछौँ हाम्रो कार्यकालमा ती सबै कुरा पुरा गरेर छाड्ने प्रतिबद्धता समेत म आज गर्दछु ।

प्रतिकृया दिनुहोस्