खेलकुद

कौटिन्हो थप उपचारका लागि ब्राजिल जाने

चैत २१, २०७७

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नो ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होले यो सिजनको बाँकी खेल गुमाउने पक्का भएको जानकारी दिएको छ ।

गत डिसेम्बर २९ मा स्पेनिस ला लिगामा एइवरविरुद्धको खेलमा घुँडामा चोट बोकेपछि उनी टोली बाहिर रहँदै आएका छन् । उनी थप उपचारको लागि ब्राजिल जाने पनि क्लबले जनाएको छ । बार्सिलोनाले कौटिन्होको चोट तीन महिनामा फिट हुने बताएपनि उनको चोटमा सुधार नभएपछि उनी थप विशेष उपचारका लागि ब्राजिल जाने भएका हुन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार २८ वर्षीय कौटिन्हो चोटबाट पुर्ण रुपमा फिट हुन तीन महिनाभन्दा बढी समय लाग्नेछ । यसको अथै उनले यो सिजनको बाँकी सबै खेल गुमाउनेछन् । बार्सिलोनाले कौटिन्होको लागि कतारमा उपचार प्रयास गरेपनि त्यहाँ सम्भव नहुने भएपछि उनी आफ्नो देश नै फर्कन लागेका हुन् ।

कौटिन्हो यो सिजन नै जर्मन क्लब बायर्न म्युनिखमा लोनको समय पुरा गरेर बार्सिलोना फर्किएका थिए । कौटिन्हो २०१८ मा १४० मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । बार्सिलोनामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपनि उनी लोनमा जर्मन क्लब बायर्न पुगेका थिए ।

कौटिन्होले गत सिजन बायर्नबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनले क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध ८–२ को जित निकालेको खेलमा दुई गोल गरेका थिए ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button