‘समाचार र विचारको
साझा चौतारी’






मास्क – कपडाकै ठिक!


कोभिड महामारीसँगै, मास्क हाम्रो दैनिकीको अभिन्न अवयव बनिसक्यो। कहिलेसम्म लगाउनुपर्ने हो, थाहा छैन। लामो समय मास्क लगाइरहन अप्ठ्यारो भए पनि यसको विकल्प अहिलेसम्म छैन। भ्याक्सिन लगाइसकेको भए पनि, नभए पनि मास्क लगाउनु नै रोकथामको प्रभावकारी उपाय हो।

छिमेकी देश भारतमा कोभिड संक्रमण भयावह बन्दैछ। एकैदिन ७२ हजार नयाँ संक्रमित थपिएसँगै भारतमा कोभिड संक्रमणको दोस्रो लहरले विकराल स्थिति निम्त्याउन सक्ने आकलन गर्न थालिएको छ। खुला सिमाना र जनजीविकाको घनिष्ट सम्बन्ध भएकोले नेपालमासमेत संक्रमणको दोस्रो लहर सुरु भइसकेको देखिन्छ। दैनिक हजारौँ मानिसहरुको आवतजावत हुने नाकाहरुमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेश स्वास्थ्य निर्देशनालयहरुको पहलमा स्वास्थ्य निगरानी गर्न विगतमा जस्तै ‘हेल्प डेस्क’ पुन:सञ्चाोलनमा ल्याइएको छ। हेल्थ डेस्कहरुमार्फत् सर्जिकल मास्कसमेत वितरण गरिएका छन् भने क्वाछरेन्टिनहरु तयारी अवस्थामा राख्नस थालिएको छ। त्यस्तै, कतिपय स्थानीय तहमा मास्क अनिवार्य गरिएको छ।

कोरोना महामारीका बेला सरकारले के-के गर्यो, के-कस्ता पाठ सिकियो भनेर स्वास्थ्य मन्त्रालयले रिपोर्ट नै सार्वजनिक गरेको छ। धेरैजसो सकारात्मक कदमहरु चाल्दा-चाल्दै पनि प्रशस्त आलोचना खेपेको हाम्रो स्वास्थ्य प्रणालीलाई कोरोनाको सम्भाव्य दोस्रो लहरलाई रोकथाम र सामना गर्ने चुनौती आइपरेको छ। यस्तोमा फेरि पनि रोकथामका उपायहरु भनेको मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम गर्ने नै हो। फेरि ‘लकडाउन’ जस्तो कठोर र बाध्यकारी अवस्थामा पुग्नेर कि नपुग्नेर हाम्रो सामूहिक विवेकमा निर्भर छ।

महामारी लम्बिँदै जाँदा मानिसहरुमा ‘व्यावहारिक थकान’ हुने र भाग्यवादी बन्दै, जोखिमपूर्ण व्यवहार अँगाल्न थाल्छन् भन्नेि वैज्ञानिक अवधारणाको सत्यतामा पछिल्लो समय शंका पनि व्यक्त भएका छन्। तर, पहिले नै मानवशास्त्रीय ढंगले भाग्यवादी भनिएका हामी नेपालीमा यो ‘व्यावहारिक थकान’ कतै यथार्थ नै त होइन?

समुदायमा, किन हामी स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरुले अपेक्षा गरेअनुरुप मास्कको व्यापक प्रयोग हुन सकेन त? कोरोना कसरी सर्छ भन्नेु कुरामा जनचेतनाको कमी हुनुलाई नै प्रमुख कारण मान्नर अबचाहिँ नमिल्ला! त्यसो हो भने, के हाम्रो समाजमा, गोटाको १० रुपैयाँ पर्ने सर्जिकल मास्क, सबैले प्रयोग गर्न सक्छन्? अनि, दिनदिनै नयाँ सर्जिकल मास्क नि? एक जनाले दिनको १० रुपैयाँ खर्च गर्नुपर्ने मास्क प्रयोगको आर्थिक भार सबैलाई उस्तै छ त? यसबीच, राजनीतिक कारणले ‘आमसभा प्रतियोगिता’पश्चा त कोरोना महामारीलाई नजरअन्दाज गर्ने मानसिकताको पो विकास भयो कि?

बढी प्रयोगमा रहेको सर्जिकल मास्कको विकल्पमा वातावरण प्रदूषण नगर्ने, पुन:प्रयोग गर्न सकिने कपडाका मास्क हुनसक्छ भनेर विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन (सीडीसी)ले भनेका छन्। नेपाली बजारमा पनि कपडाको मास्क जथाभावी चल्तीमा आउन थालेका छन्। यस्ता मास्कको गुणस्तरतर्फ सरकारले ध्यान दिनु जरुरी छ। कपडाको मास्कबारे सीडीसीमा प्रकाशित अनुसन्धानमुलक लेखले भन्छ- कपडाको धेरै पत्र भएको मास्क र सर्जिकल मास्क उस्तै प्रभावकारी छ। त्यस्तै विश्व स्वास्थ्य संगठनको भनाइमा- ६० वर्षभन्दा कम उमेरका, दीर्घरोगलगायतका रोग नभएकाहरुले कपडाले बनेको मास्क लगाउँदा हुन्छ तर दैनिक साबुन वा सरफले सकेसम्म तातो पानी प्रयोग गरी धुनुपर्छ।

सर्जिकल मास्कबारे अर्को गम्भीर कुरा यसले प्लास्टिकजन्य वातावरण प्रदूषण अत्याधिक बढाउँदै छ भन्नेु हो। संयुक्त राष्ट्रसंघको व्याोपार तथा विकास संयन्त्र (यूएनसीटीएडी)को अनुमानमा विश्वमा ‘डिस्पोजेबल’ मास्कको व्याापार सन् २०२० मा १६६ बिलियन डलरको भयो भने सन् २०१९ मा ८०० मिलियन डलरको मात्र भएको थियो। नेपालमासमेत प्लास्टिकजन्य प्रदूषण महामारीसँगै अझ बढ्दै छ।

बाटोमा हिँड्दा भुइँतिर नियालेर हेर्नुस् त! सडकमा जहाँतहीँ देखिने रातो-रातो स-साना प्लास्टिकका टुक्रा ‘गुट्का’ नामक सुर्तीजन्य पदार्थ खाएर फालिएको खोल हो भने, अचेल दुईतिर तुना भएको एउटा निलो, हरियो, सेतो, कालो रङको अलि ठूलो टुक्रासमेत देख्नुयहुनेछ। त्यो हामीले नै प्रयोग गरेर फालेको सर्जिकल मास्क हो। यसरी फालिएका मास्कमा ‘पोलिप्रोपाइलिन’ भनिने प्लाटिक तत्व हुने भएकाले यो सहजै वातावरणमा मिसिँदैन। बरु लामो समय माटो र पानीमा रहेर जीवजन्तु र वातावरणको स्वास्थ्य बिगार्छ। यसले अन्तत: बिग्रिने मान्छेकै स्वास्थ्य हो। अझ, संक्रमितले प्रयोग गरेर फालेको मास्कबाट रोग फैलिनेसमेत सम्भावना हुन्छ।

कतिपय देशमा कपडाको गुणस्तरीय मास्क बनाएर प्रयोग भइरहेको सन्दर्भमा हामीले पनि पुनःप्रयोग गर्न नमिल्ने, वातावरण प्रदूषण गर्ने, खर्चिलो सर्जिकल मास्कको विकल्प खोज्नेा बेला भयो कि? हामीकहाँ धेरैजसो संक्रमण थुकका स-साना छिटाबाट प्रत्यक्षमात्र नभई, विभिन्ना सतहमा छोएको हातले मुख-नाकमा छुनाले फैलिरहेको हुनसक्छ। अन्त्यमा, समुदायस्तरमा कपडाको गुणस्तरीय मास्क बाँड्न र त्यसलाई सफा गरी पुन: प्रयोग गर्न सिकाइएमा मास्कको प्रयोगसमेत बढ्ने थियो। समुदायमा जति धेरै मानिसले मास्क लगायो त्यति धेरै यसको प्रभावकारिता बढ्छ।

(लेखक लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका कम्युनिटी फिजिसियन हुन्।)swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्