‘समाचार र विचारको
साझा चौतारी’






पोर्टाेमाथि चेल्सीको सहज जित


चैत २६, २०७७

एजेन्सी – मासन माउन्ट र वेन चिलवेलको गोल मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गरेको छ ।

रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्टाेलाई २–० को हार चखाएको हो । मासन माउन्टले पहिलो हाफमा तथा वेन चिलवेलले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २३औं मिनेटमा ओटाभियोले जेसस कोरोनासँग वान टु वान पासमा बनेको मुभमा ओटाभियोको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले बचाए ।

३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले जर्गिन्होको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा कर्नरबाट आएको बललाई पेपेले हेडर प्रयास गरेपनि गोलरक्षक मेन्डीले सहजै बचाउँदै अग्रता कायम राखे । ५६औं मिनेटमा लुइस डियाजको प्रहारले पोस्टको दिशा लिन नसक्दा पोर्टाे बराबरीबाट चुक्यो ।

६०औं मिनेटमा चेल्सीका एन्टेनियो रुडिगरको प्रहारलाई पोर्टाेका गोलरक्षक अगस्टिन मर्चेसिनले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा टिमो वेर्नरले अवसर पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५औं मिनेटमा वन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । च्याम्पियन्स लिगमा चिलवेलको यो पहिलो गोल हो ।

यो जितसँगै चेल्सीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा चेल्सीलाई यही नतिजा अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ । पोर्टाेलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो हुनेछ । दोस्रो लेग सेभियामै १४ अप्रिलमा हुनेछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्