१
रुन्छ यो मन हरपल दिन दिनै, देखि दुस्खको क्षण।
आयो पापी रोग बतास बनि बनि,बल्झि बिगतको पन।।
चीत्कार भयो नभमा कति कति ,हार्यो प्रकृती सब।
ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब।।
२
प्यारो देश यो नेपाल जग पनि, शान्ति भुमी नै तहाँ।
यहि स्वर्गपुरीमा यो काल कोरोना,मुखवाई आयो यहाँ।।
कुन दुष्ट खनियो लौ ज्यान लिन यो,बालक बबुरा सब।
ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब।
३
कालकुट बिषनै सरी घरि घरि,फैलाउँदै फडाँ पनि।
डस्दै लौ प्राण घोट्दै सबकति, निमोठदै आत्मा अनि।।
हे१ ईश्वर क्रन्दन बुझ अब लौ ,मानव जतीको सब।
ढाक्यो बादल कालझै झन झनै,सुन्सान बस्ती अब।।
रुन्छ यो मन हरपल सधैनै ।