‘समाचार र विचारको
साझा चौतारी’






यसकारण हामीलाई मेचीनगरपालिकाले चिन्दैन, जान्दैन र सुन्दैन


 

अब हामीले बाध्य भएर भन्नै पर्छ, कि यसकारण झापाको मेचीनगर नगरपालिकाले हामीलाई चिन्दैन किनकी हामी मेचीनगर नगरपालिकाको वडा नं ६ मा आफ्नो कार्यालय स्थापना गरेर विगत ४ वर्ष देखि अनलाइन पत्रकारितामा कृयाशिल छौँ, यसकारण हामीलाई मेचीनगर नगरपालिकाले चिन्दैन किनकी हामी अर्थात चौतारी पोष्ट अनलाइन निरन्तर अपडेट छ अनि यसकारण हामीलाई मेचीनगर नगरपालिकाले सुन्दैन किनकी पटक पटक हामी पनि यसै नगरपालिका भित्र रहेर पत्रकारिता गरिरहेका छौँ भनेर जानकारी गराई रहेकाछौँ मेचीनगर नगरपालिका कार्यालयलाई ।
संचार माध्याम संचालनको मेरुदण्ड भनेकै अर्थात यसलाई भरथेग गर्ने काम नै विज्ञापन र सूचना हो भन्ने कुरा हामीलाई पनि थाहा होला, विज्ञापन र सूचना अर्थात नियमानुसार शुल्क लिएर प्रकाशन प्रशारण गरिने सामाग्री नै कुनै पनि सञ्चार माध्यामको निरन्तरतााको एउटा अहम् पक्ष हो भन्ने सत्यताबाट चौतारी पोष्ट अनलाइन परिवार बे खबर त पक्कै पनि नहोला ।
हामीले स्थानिय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकालाई सूचिकृतका लागि पटक पटक निवदेन नगरेका होइनौँ तर थाहा छैन मेचीनगर नगरपालिकामा हामीले पठाएका सूचिकृतका निवेदन मेचीनगर नगरपालिकाले चिन्दैन, जान्दैन र सुन्दैन । हामीसँग आज पनि नगरपालिकालाई पठाएका सूचिकृतका निवेदन र हाम्रो अनलाइन संचालनका विषयका निवेदनका प्रमाण छन् ।तर, स्थानिय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिकाले जनहितमा जारी गर्ने विज्ञापन सन्देश, सूचना प्रकाशनका लागि दिएर यहाँको स्थानिय संचार संस्थालार्ई हौसला र सहयोग गर्न त परैको कुरा भो सूचिकृतका लागि पठाईएका तीन वटा निवदेन समेत वे वास्ता गरेर चौतारी पोष्ट अनलाइनलाई आजका दिन सम्म सूचिकृत गर्न नसक्नु दोष हाम्रो हो कि मेचीनगर नगरपालिकाको यो आम पाठक समक्ष हामीले राख्नै पर्ने भएको छ । स्थानिय सरकारले स्थानिय संचार माध्यामलाई गर्न र पु¥याउनु पर्ने सहयोग र आपसी सहकार्यको त कुरै नगरौँ हामीले पटक पटक पठाएका निवदेनहरुलाई नगरपालिमा किन हराउँछन् यो आश्चर्यको विषय बनेको छ । एउटा अनलाइन पत्रिका संचालनका लागि आवाश्यक सबै कानुनी प्रकृया पुरा गरेर निरन्तर कृयाशिल र सकृय पत्रकारिता गरिरहेको चौतारी पोष्ट अनलाइनप्रति मेचीनगर नगरपालिका यति धेरै पूर्वाग्रही बनेको छ त्यो हामीलाई थाहा छैन । हाम्रा निवदेनहरु किन पटक पटक हराउँछन् यो झन्ै अचम्म बनेकोे छ । हामीले दिएका निवदेन उपर कुनै सुनवाई नभएपछि मौखिक रुपमा समेत हामी धेरै पटक जानकारी गराउँदा समेत मेचीनगरपालिका हामीलाई जान्दैन, चिन्दैन र हाम्रा आवाजहरु सुन्दैन किन यसको जवाफ नगरपालिकासँगै होला । तर, हामी फेरि पनि के कुरामा स्पष्ट छौँ भने हामी विधि र प्रकृयाप्रति विश्वास गछौँ नकि कसैलाई हजुरी गरेर वा कुनै अमुक ब्यक्तिप्रति स्तुति गरेर होइन । मेचीनगर नगरपालिकाले हामीप्रति गरेको घुमाउरो असहयोग र हामीप्रतिको बक्रदृष्टिको रहस्य के हो यो स्वयम्लाई नै थाहा हुनु पर्छ किनकी जसले गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्